×

NMB BANK
NIC ASIA

दाहाल यज्ञनिधिको निधन, डायलासिस जीवनको दुःखद अन्त्य

साउन २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

– प्रकाश सिलवाल 

Muktinath Bank

काठमाडौँ– शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा हुनुहुन्थ्यो । मस्तिष्कको शल्यक्रिया गर्ने या नगर्ने, गरेर उहाँको जीवन बच्न सक्ने÷नसक्ने वा शल्यक्रिया गर्दा नियमित डायलासिसलाई असर पर्ने त होइन भन्ने जिज्ञासा परिवारका सदस्य र चिकित्सकहरुबीच छलफल चलिरहेको थियो । बिरामीलाई भेट्नका लागि उहाँका श्रीमती र परिवारका सदस्यलाई पनि दिइएको थिएन । 


Advertisment
Nabil box
Kumari

उहाँको समग्र अवस्था हेरेर श्रीमती सुधा दाहाल र चिकित्सक डा वसन्त पन्त सहितको टोलीले मस्तिष्कको शल्यक्रिया नगरी नियमित डायलासिससहित अब्जर्भेसनमा राख्न धापाखेलको सुमेरु अस्पतालमा ‘रेफर’ गर्ने निर्णय गरेको थियो । अन्ततः साँझ दाहाललाई बचाउन नसक्ने घोषणा चिकित्सकले गरिदिए । पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदाँै’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारिताका खरो स्वभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रुपमा लिइन्छ । झर्राेवादी शैलीका दाहालले लामो समय दरबार हाई स्कूलमा नेपाली विषयको शिक्षण पनि गर्नुभएको थियो । 

Vianet communication
Laxmi Bank

“कार्यक्रम सञ्चालनबापत मासिक तलब लिएर पत्रकार र कर्मचारीलाई चिया ख्वाउनुहुन्थ्यो । उहाँ यसपल्टको शनिबारको कार्यक्रम सञ्चालनको तयारीमा हुनुहुन्थ्यो तर अचानक हामीले उहाँलाई गुमाएका छौँ,” रेडियोका स्टेशन म्यानेजर एवं साहित्यकार ठाकुर बेल्वासेले भन्नुभयो । मृत्युलाई पटक पटक नजिकबाट नियाँले पनि बाँच्नुको कलाबारे बोल्नु पर्दा थकित नहुने दाहाललाई युवा पुस्ताका स्रष्टा र सञ्चारकर्मीले पनि उद्घोषणकला र साहित्य सिर्जनाबारे सम्मानका साथ लिने गरेका छन् । 

साहित्यकार÷रेडियोकर्मी यज्ञनिधिको भौतिक शरीर नरहेसँगै उहाँले रेडियो तरङ्गमा छाडेर गएका साहित्यिक वाणीहरु अमर भएका छन् । खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उहाँले भानु मावि, दरबारमार्गमा लामो समय शिक्षण गर्नुभएको थियो । यसैबीच २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका उहाँको २०५७ फागुन १० मा मिर्गाैला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो । 

पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौँ स्रोता, जदाँै, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे । पछिल्लो दशकका उहाँलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदाँै’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उहाँको निबन्ध प्रकाशन गरेको छ । 

बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्राेपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ । नाम नभएको नगरका रुपमा अनामनगरको नाम पनि दाहालले राख्नुभएको थियो । 

नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उहाँले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गर्नुभएको थियो । “दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने त्यसबेला देखिकै मेरो अभियान हो । शरीरले साथ दिएको भए अहिले पनि त्यसलाई निरन्तरता नै दिने थिएँ,” उहाँले भन्ने गर्नुहुन्थ्यो । 

यसैबीच प्रगतिशील संघका अध्यक्ष मातृका पोखरेलले दाहाल सोच र चिन्तका हिसाबले क्रान्तिकारी एवं प्रगतिशील हुनुहुन्थ्यो भन्दै उहाँको निधनबाट समाजले सांस्कृतिक रुपान्तरणको एक अग्रजलाई गुमाउनु परेको बताउनुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x