×

NMB BANK
NIC ASIA

प्रदेश सभाको हालत- कर्णालीको सभाहलमा पानी चुहियो

साउन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । 

अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुनु र घर पुराना हुँदै जानु हो भन्नुहुन्छ, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही । 

शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ । साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेका छौँ, सभामुख शाहीले भन्नुभयो । अब दुई महिनापछि अर्को अधिवेशन शैक्षिक तालीम केन्द्रमा प्रदेशसभाको बैठक बस्ने उहाँको भनाइ छ । 

त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँसराइ गर्नुपर्ने बाध्यता आइलागेको छ । बनेका घरहरू गुणस्तरहीन र भूकम्प आउँदा एकै झट्कामा गल्र्यागुर्लुम ढल्ने जोखिम रहेकाले त्रसित मनस्थितिमा बस्नुपरेको कानूनमन्त्री भण्डारीले बताउनुभयो । 

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताउनुभयो । भवनहरू चुहिने मात्र नभई धमिरा पनि त्यत्तिकै लाग्ने गरेको उहाँको भनाइ छ । मन्त्री खत्रीले भन्नुभयो, “कर्णालीमा सडक, पुल, भवनजस्ता सबै पूर्वाधार गुणस्तरहीन हुँदा समस्या यो प्रदेशभरि नै छ ।” 

वैकल्पिक सभाहलका रूपमा सञ्चालन भएको प्रदेशसभा स्थानान्तरण हुने भए पनि सरकारी अधिकारी तथा सरकारका मन्त्रीहरुको बसाइ सकसपूर्ण छ । 
शहरी विकास तथा भवन निर्माण विभागका क्षेत्रीय निर्देशनालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीले घर पुराना भएको र त्यसको मर्मतसम्भार नभएको जनाउनुभयो । 

बनेका संरचनाको बेलाबेलामा मर्मतसम्भार नहुनुले राजधानीभित्रै बढी समस्या देखिएको छ । यद्यपि राजधानी वीरेन्द्रनगरका मन्त्रालय जान यही असारको दोस्रो साता कालोपत्रे गरिएका सडकको पिच उप्किसकेको छ । गुणस्तरहीन पिच गर्ने निर्माण व्यवसायीमाथि सम्बन्धित निकायले तत्काल कारबाही गर्न स्थानीयले सुझाएका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x