×

NMB BANK
NIC ASIA

कङ्ग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लेखे यस्तो पत्र

साउन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली–केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । 
दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । 
बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् । 

Muktinath Bank

शनिबार  गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ । 
विगत पाँशच दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन् । 
बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख छ । 
अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको, नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा बताएका छन् । 
केरलामा बाढी तथा पहिरो र डुवानका कारण नियमित विद्युत आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत आएको छ जसलाई पूरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेकोसमेत पत्रमा उल्लेख छ । 
कङ्ग्रेस अध्यक्षले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरला सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महशुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गरेका छन् । 
केरला सरकारले शनिबार हालैको बर्षापछि बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई चार लाख भारतीय रुपैँया बराबरको राहतको घोषणा गरेको छ । बाढीमा घर तथा व्यापक खेतीवाली गुमाएका नागरिकलाई प्रतिपरिवार १० लाख भारतीय रूपैँया दिने प्रतिवद्धता जनाएको छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x