×

NMB BANK
NIC ASIA

मुख्य समाचार : कमान्ड सम्हाल्न डा. केसीलाई प्रधानमन्त्रीको अफर, रहेनन् भरतशमशेर

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा गोविन्द केसीसमक्ष प्रस्ताव गरेका छन् । 
शनिबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका  डा केसीसमक्ष उनले यस्तो प्रस्ताव गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

‘म प्रधानमन्त्री भएका बेला तपाईं अनसन नै बस्नु पर्ने थिएन । जनताको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ’ प्रधानमन्त्री ओलीले केसी समक्ष भने, ‘त्यसको कमाण्ड तपाईं सम्हाल्न्, दुर्गमका जनताको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य चिकित्सक र प्रशासकहरु रहेको केसीले बताए । 
यस्तै प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको बताए ।  प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सिमित रहनु पर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न पनि केसीलाई आग्रह गरे ।  ‘तपाईंहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन’ प्रधानमन्त्रीले भने, ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिवद्ध छु ।’  

Vianet communication
Laxmi Bank

रहेनन् भरतशमशेर
नेपाली काँग्रेसका पुराना नेता भरत शमशेर राणाको  भारतको कोलकोतामा निधन भएको छ । 

२०१५ सालको पहिलो जननिर्वाचित संसद्मा प्रतिपक्षी दलका नेताका रुपमा रहेका राणा गोर्खा परिषद्का महामन्त्री थिए । 

 २०१७ पुस १ गते भने उनले आफ्नो पार्टीलाई निशर्त नेपाली काँग्रेसमा विलय गराएका थिए । 

भारतको कोलकत्तामा बस्दै आएका उनको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो ।  राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । 
सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् । 

यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि शमशेरको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्  । 

उनले राणा राजनीतिक इतिहासको एक ज्यूँदोजाग्दो, सशक्त र हक्की नेता भएको स्मरण गरेका छन् । 

“नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको छ,” शोक वक्तव्य भनिएको छ, “काँग्रेसका एक अविस्मरणीय नेता राणाको अवसानले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको छ ।” 

बिम्स्टेक तयारी बैठक 
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ । 

त्यसैगरी संगठनको चौथो शिखर सम्मेलनको नारा ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’ निर्धारण भएको छ । 

राजधानीमा शनिबार सम्पन्न बिम्स्टेक मुलुकका परराष्ट्र÷विदेश÷बाह्य मामिला मन्त्रालयका वरिष्ठ अधिकारीहरुको विशेष बैठकले आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने चौथो शिखर सम्मेलनका निम्ति उक्त नारा निर्धारण गरेको हो । 

यद्यपि उक्त नारा र कोष स्थापनासम्बन्धी प्रस्ताव अनुमोदनका लागि बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा प्रस्तुत हुनेछ । बिम्स्टेकको अध्यक्ष तथा चौथो शिखर सम्मेलन आयोजक देश नेपालले काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिमरुप दिन सदस्य देशसँग बैठकमा छलफल गर्नुका साथै त्यसलाई परिष्कृत गर्ने भएको छ । 

स्थापनाको २२औँ वर्षमा प्रवेश गरेको यो उपक्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणामुखी तुल्याउन तथा सहयोगका मौजुदा १४ क्षेत्रको समीक्षा गर्दै खासखास क्षेत्रमा संगठनलाई केन्द्रित गर्नेबारेमा गहन विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए । 

कामै नगरी तलब झ्वाम ! 
 जाजरकोटमा कार्यरत १ डाक्टर मनोमानी ढंगबाट अस्पतालमा महिनाभरिको हाजिर गरेर गायब भएको पाइएको छ ।

जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ पूर्णिमा राईले महिना पूरा नभइ हाजिर गरेर कार्यालय बाहिर रहेको खुलासा भएको छ । मासिक २ लाख ७७ हजार २ सय ५० रुपैयाँ तलब दिने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएअनुसार उनले जेठ र असारको ५ लाख ५४ हजार ५ सय रुपैयाँ भुक्तानी लिइसकेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

डा. राई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा जाजरकोट जिल्ला अस्पतालमा खटिएकी हुन् । उनले अगाडि नै हाजिर गरेर जिल्ला छाडेपछि प्रसूति सेवा लगायत स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा ठप्प छन् । २ वर्षअघि नै १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको जाजरकोट अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म विशेषज्ञ सेवा शुरू हुन सकेको छैन ।

डाक्टरको मनोमानीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले कागजपत्र लिएर अनुसन्धान अगाडि बढाएको छ । अख्तियारका शाखा अधिकृत सुरेश विसी सहितको अनुसन्धान टोली शुक्रवार जाजरकोटस्थित जिल्ला अस्पताल पुगेर डा. पूर्णिमा राईले गरेको साउन महिनाको हाजिरी प्रतिसहित अन्य कागजात नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले लोकान्तरलाई बताए ।


लागुऔषधसहित पाँच पक्राउ
चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका– १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका– ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नं २ का २६ वर्षीय सलीम मियाँ र चितवन खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य छन् । उनीहरुका साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम एक हजार ५४५ ट्याबलेट, स्पास्मो प्रोक्सिभन, ४८ क्याप्सुल, फेन्सिडिल बरामद गरेको छ । 


भारी वर्षाको सम्भावना
 पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 
आइतबार देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले लगातारको वर्षाले ठूला नदी, मझौला नदी तथा चुरेबाट बहने खोलामा बाढीको सम्भावना रहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि  अनुरोध गरेको छ । 


विद्युत् कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । 

प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ । 

यही साउन २८ गते सोमबारदेखि ३१ गते बिहीबारसम्म स्तरोन्नतिका लागि सो प्रसारण लाइनबाट आयात भइरहेको विद्युत् कटौती हुनेछ । त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत् ती दिनमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ । 

कोहलपुरदेखि दुहबीसम्म ग्रीड र वितरण तथा ग्राहक सेवाका सवस्टेसनबाट औद्योगिक फिडरमार्फत विद्युत् आपूर्ति हुने ग्राहकको विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । 


छ स्थानीय तहको केन्द्र परिवर्तन
सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । 
गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 
यसैगरी पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुड्लीबाट कालिकामाई–३ हरिहरपुर विर्ता र विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा–५ कायम गरिएको छ । धादिङको थाक्रे गाउँपालिकाको केन्द्र साविक थाक्रे गाविसको कार्यालयबाट थाक्रे–६ महादेवबेँसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र साविक खरकडा गाविसको कार्यालयबाट वडा नं ४ रातमाटा कायम गरिएको छ । 

यस्तै जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको मन्त्रालयले जनाएको छ । 

विश्व कीर्तिमानका लागि प्रवचन
योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य÷प्रवचन दिने भएका छन् । 
 नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी दिए । 


राहुलद्वारा प्रधानमन्त्री मोदीलाई पत्र
केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । 
दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको संख्या ३० पुगेको छ । 
बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् । 

शनिबार प्रधानमन्त्रीलाई लेखेको पत्रमा गान्धीले केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् । 

बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ । 
विगत पाँशच दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन् । 

पाकिस्तानमाथि नेपालको सानदार जित
भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । 

शनिबार भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताँै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । 

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् । 
यो जितसँगै नेपालले समूहचरणमा महत्वपूर्ण ३ अङ्क जोडेको छ । 

अफगानिस्तान र मल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x