×

NMB BANK
NIC ASIA

अनेसास इजरायलको अध्यक्षमा अर्याल

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायल– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) इजरायल च्याप्टरको पाँचौं अबिधेशन इजरायलको तेलअभिभमा सम्पन्न भएको छ । शुक्रवार भएको अबिधेशनबाट निशा अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अनेसासमा रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपाली साहित्य अनुरागी आवद्ध रहेका छन् । अधिबेशनबाट बरिष्ट उपाध्यक्षमा लक्ष्मी अनुरागी भट्टराई, उपाध्यक्षमा नेहा गुरुङ, महासचिवमा दीया चापागाईं, सचिवमा मनिषा प्रसाईं, कोषाध्यक्षमा नुतन भुषाल र सहकोषाध्यक्षमा सुमित्रा दवाडी चयन भएका छन् ।
 
यसैगरी सदस्यहरुमा मञ्जु घिमिरे, स्वस्तिका श्रेष्ठ, अञ्जना भट्टराई, तारा पोखरेल, राज लिम्बु र सुरेन्द्र प्रसाईं चयन भएको अनेसास इजरायलका नवनिर्बाचित महासचिव दीया चापागाईंले जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेसास इजरायल च्याप्टरका अध्यक्ष भगवती बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपालका राजदूत निरञ्जनकुमार थापा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत थापाले प्रवासी भूमिमा रहेर साहित्यका माध्ययमबाट आफ्नो संस्कृतिको सम्बद्र्धनका साथै प्रचारप्रसार गरी विश्वभरी फैलाउनमा अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे । 


Advertisment
Nabil box
Kumari

अनेसास इजजरायलका तत्कालिन सचिव दीया चापागाईंले सञ्चालन गरेको सो कार्यक्रममा नवनिर्बाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि राजदूत थापाले कार्यकालको सफलता सहित प्रमाणपत्र प्रदान गरेका थिए । 

Vianet communication
Laxmi Bank

त्यस्तै कार्यक्रममा लामो समयदेखि इजरायललाई कर्मथलो बनाएर सदाका लागि घरदेश नेपाल फर्कने तयारीमा रहेका अनेसासका निबर्तमान अध्यक्ष तथा इजरायलका लागि नेपालका संस्कृति तथा पर्यटन सदभावना दूत भगवती बस्नेत र प्रवासी नेपाली मञ्च इजरायलका सांस्कृतिक विभाग प्रमुख धर्म भण्डारीको पनि बिदाइ गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x