×

NMB BANK
NIC ASIA

टेलिकमको आम्दानी बढ्याे

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । 

Muktinath Bank

अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा एक रुपैयाँ ९६ पैसाले वृद्धि भई १०४ रुपैयाँ ४५ पैसा पुगेको छ । विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी ‘टिडिएम माइग्रेसन’ आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ । सो अनुरुप हालसम्म करीब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको टेलिकमको विज्ञप्तिमा उल्लेख छ । क्रमिक रुपमा अन्य लाइन रुपान्तरण गर्ने काम जारी छ । 


Advertisment
Nabil box
Kumari

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकामा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । विसं २०७५ जेठ मसान्तसम्म कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजार ४४५ र इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार ४२९ रहेको छ । विसं २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ तथा इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले वृद्धि भएको छ । 

Vianet communication
Laxmi Bank

“नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार गत आवको शुरुआतमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकामा गत जेठ महिनामा सो बजार हिस्सा दुई प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पु¥याउन कम्पनी सफल भएको छ ।” विज्ञप्तिीमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x