×

NMB BANK
NIC ASIA

आर्सनल : नयाँ प्रशिक्षक, पुरानै समस्या

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रिमियर लीगमा पहिलोपटक प्रशिक्षण गर्न आएका उनाइ एमरीले पहिलो खेलमै आफ्ना पुराना प्रतिस्पर्धी म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको सामना गर्नुप¥यो । उनीहरूको यसअघि १० चोटि भेट भइसकेको छ र ग्वार्डिओलाले एमरीविरुद्ध एउटा खेल पनि हारेका छैनन् । 

आइतवार सिटीले आर्सनललाई २–० ले हराएपछि एमरीको त्यो लज्जास्पद रेकर्ड कायमै रह्यो । 

आर्सनललाई २२ वर्ष सम्हालेका आर्सेन वेन्गर बिदा भएपछि एमिरेट्स स्टेडियममा समरमा परिवर्तनहरू देखापरे । गनर्स भनेर चिनिने आर्सनल ट्रान्सफर मार्केटमा व्यस्त भयो अनि गोलकीपरदेखि लिएर डिफेन्सिभ मिडफील्डसम्मलाई बलियो बनाउन थाल्यो । 

स्पेनी नागरिक एमरीले आर्सनलका प्रशंसकहरूलाई योजनामुताबिक खेल नगएको भएपनि क्लबलाई समर्थन गरिरहन भने पनि विगत केही सीजनयता उत्तरी लन्डनको यो क्लब एकजुट हुन सकेको देखिएको छैन । 

विगत दुई वर्षयता विरोध प्रदर्शन र प्रशंसकको असन्तुष्टि क्लबप्रति देखिएको छ र एमरीले आफ्नो परियोजना लागू गर्न केही समय लाग्छ । आर्सनलले तीव्र गतिको दबाबमूलक शैलीको खेल खेल्नुपर्ने भनी माग भइरहँदा एमरीले त्यसरी खेलाउन समय लाग्नेछ ।   

एमरीले १९ वर्षीय मिडफील्डर म्याट्टिओ गुएन्दुजीलाई शुरूबाटै खेलाए अनि सोक्राटिस पापास्ताथोपूलोस र स्टेफान लिख्तस्टाइनरले पनि प्रिमियर लीगमा पहिलो खेल खेले । 

तर गुएन्दोजीले सिटीविरुद्धको खेलमा राम्रो प्रभाव देखाउन सकेनन् र उनले दिशाविहीन डिस्ट्रिब्युसन गरे । 

लुकास तोरेरा उपलब्ध हुँदाहुँदै गुएन्दोजीलाई शुरूमा खेलाउने नीतिमा प्रश्न पक्कै उठ्नेछ । तर आइतवारको खेल हेर्दा आर्सनल र सिटीबीच विगत केही वर्षयता स्तरमा ठूलो खाडल देखिएको प्रस्ट छ । 

आर्सनलले अर्को हप्ता चेल्सीमा गएर उससँग भिड्नुछ अनि एमरीले आफ्नो टोलीलाई पुनर्गठन गर्नुपर्नेछ । गनर्स अहिले विकासकै चरणमा छन् तर उनीहरूले आइतवार चेल्सीविरुद्धको खेलमा उल्लेख्य सुधार गर्नुपर्ने हुन्छ । शीर्ष चार स्थानमा फर्किनका लागि उनीहरूले निकै मेहनत गर्नुपर्छ । दुई वर्षयता उनीहरू च्याम्पियन्स लीगका लागि छनोट हुन सकेका छैनन् ।

गोल डट्कममा प्रकाशित आर्सनल संवाददाता क्रिस ह्वीट्लीको विश्लेषण
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x