×

NMB BANK
NIC ASIA

बस र फिल्मको टिकटभन्दा नागरिकता सस्तो बनाएको भन्ने सांसदको प्रश्नमा गृहमन्त्रीको यस्तो जवाफ

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –गृहमन्त्री रामबहादुर थापाले भारतसँगको खुला सीमा नियमन गर्न भारतसँग छलफल चलिरहेको बताएका छन् । 

Muktinath Bank

प्रतिनिधिसभामा सोमवार नागरिकता पहिलो संशोधन विधेयकमा नेमकिपा सांसद प्रेम सुवालले पेश गरेको विरोधको सूचनामाथिको जवाफका क्रममा मन्त्री थापाले सीमा नियमन गर्ने सरकारको नीति रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ʻखुला सिमानाको विषयमा भारतसँग छलफल चलिरहेको छ । विगतका सन्धि सम्झौता पुनरावलोकन नगर्ने र नयाँ आधारमा सन्धि सम्झौता नगर्दा यस्तो समस्या निम्तिएको थियो । अहिले पनि सरकारले सीमाको नियमन गरेको छ, तर विगतका सन्धि सम्झौताले नियमन भइराखेको छैन । यसमा सकारकारको ध्यान आकर्षित भएको छ,ʼ मन्त्री थापाले भने ।


Advertisment
Nabil box
Kumari

विदेशीले नेपालीको नागरिकता पाउनु हुन्न, नेपालको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय सुरक्षासँग जोडिएको भन्ने सांसद सुवालको कुरामा सरकारको बिमति नरहेको बताए । देशको सुरक्षामा खुला सीमाको नियमन गर्ने सरकारको नीति रहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

मन्त्री थापाले सरकारले लिएको समृद्धिको लक्ष पूरा गर्न गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार नभएको तर सांस्कृतिक र आर्थिक अधिकार सहितको नागरिकता दिन लागिएको बताए । 

ʻलाखौं नेपालीमूलका विदेशी विदेशमा छन् । सांस्कृतिक रूपमा देशको विकास गर्न चाहन्छन् । तिनीहरूलाई अवसर दिन खोजको हो । राजनीतिक नभई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दने भनेर गैरआवासीय नेपाली नागरिकता दिने भनिएको हो,ʼ मन्त्री थापाले भने । 

त्यसअघि विधेयकमाथि विरोधको सूचना पेश गर्दै नेमकिपा सांसद सुवालले देश जोगाउन र नागरिकता समस्या बल्झन नदिन खुला सीमा नियमन गर्नुपर्ने बताएका थिए । 

ʻवंशज र थरीथरीको नागरिकताको कुरा छ । तेस्रो देशको नागरिक आएर जन्मने बित्तिकै नागरिकता दिन उपयुक्त नहोला । संसारमा नभएका विषय राख्न खोज्नु उचित छैन,ʼ विधेयकमाथि विरोधको सूचना पेश गर्दै सुवालले भने, ʻपाउनुपर्नेले नागरिकता पाएका छैनन् । नपाउनेले पाउँदा समस्या भएको छ । नेपालको नागरिकता बस र सिनेमा हलको टिकटभन्दा सस्तो बनाइयो ।ʼ

सांसद सुवालले ४० लाख भारतीयले नेपाली नागरिकता लिएको भनेर भारतका प्राध्यापक मुकेशकुमार सिंहले किताबमा लेखेको उल्लेख गर्दै नागरिकता विरणमा फितलो प्रावधान राख्ने सरकारमाथि छानबिन गर्नुपर्ने बताए ।

ʻअहिलेको संशोधनमा एउटा जनप्रतिनिधि र दुईवटा नेपाली नागरिकको सिफारिसमा नागरिकता दिने प्रावधान समेटिएको छ । यसअघि तीन जनाको सिफारिसमा नागरिकता दिने व्यवस्थाको दुरुपयोग भएको थियो,ʼ सांसद सुवालले भने, ʻसिक्किम पनि देश थियो । राजनीतिक दलको सरकार थियो । पछि भारतमा बिलय भयो । यसतर्फ गम्भीर बनौं ।ʼ

गैरआवासीय नेपालीलाई नागरिकता दिँदा एउटै नागरिक दुईतीन देशको नागरिक बन्ने खतरा रहने बताए । 

यसैबीच, नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको नागरिकता पहिलो संशोधन विधेयक २०७५ सोममवार संसदमा पेश भएको छ । गृहमन्त्री थापाले सो विधेयक संसदमा टेबुल गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x