फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – भारतको गुजरात राज्यस्थित भुजको स्वामीनारायण मन्दिरका पुजारी रहेका नरेन्द्र रावल अहिले अफ्रिकामा लगभग ६५ करोड डलरको व्यापार गर्न सफल भएका छन् ।
उनी अफ्रिकीहरूका लागि गुरु हुन् । केन्यामा राष्ट्रपति र समाजका गण्यमान्य व्यक्तिको हस्तरेखा हेर्ने अनि ज्योतिष विशेषज्ञका रूपमा उनी कार्यरत छन् ।
रावलले देवकी ग्रूप अफ कम्पनीजको अध्यक्षका रूपमा ख्याति हासिल गरेका छन् । उनको स्टील र सिमेन्टको व्यापार धेरै अफ्रिकी मुलुकहरूमा फैलिएका छन् ।
रावलले हालै केन्यामा आत्मकथा गुरु ः अ लङ वाक टु सक्सेस सार्वजनिक गरे ।
सन् १९८३ मा केन्याका तत्कालीन राष्ट्रपति डेनियल अरप मोईसँग नाकुरुमा भेट हुनु आफ्नो सौभाग्य रहेको उनी बताउँछन् । त्यसपछि नै उनी केन्यामा जमेका थिए ।
रावलले भने, ‘मैले राष्ट्रपतिलाई आफ्नो रुचि हस्तरेखा र ज्योतिषमा रहेको बताएँ र उनले मलाई स्टेट हाउस आउने खुला निमन्त्रण दिए । समय बित्दै जाँदा म राष्ट्रपतिको राजनीतिक सल्लाहकार बनें । राष्ट्रपतिसँग मेरो निकटताका
कारण मैले महान् नेताहरू भेटें । मैले तान्जानिया र कंगोका राष्ट्रपतिहरूलाई पनि सफलतापूर्वक सल्लाह दिएँ ।’
रावलले कैयौं युरोपेली देशका प्रमुखलाई पनि सल्लाह दिएको बताएका छन् । सबै अफ्रिकी देशसँग भविष्य हेर्ने आफ्नै तरिका भएपनि हिन्दू ज्योतिषमा विश्वास र सटीक भविष्यवाणीले आफूलाई नेताहरूमाझ लोकप्रिय बनाएको
रावलको भनाइ छ ।
रावलको आत्मकथाको प्रस्तावना केन्याका बहालवाला राष्ट्रपति उहूरु केन्यात्ताले लेखेका हुन् र उनी रावललाई आफ्नो साथी मान्छन् ।
एजेन्सी
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...