×

NMB BANK
NIC ASIA

प्रदेश राजधानी बहस जटिल : सत्तापक्षीय सांसद नै पहाड र तराईमा विभाजित, समितिको म्याद दोस्रो पटक थपिँदै

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – ७ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय पेचिलो बनेको छ ।

Muktinath Bank

प्रदेश राजधानी तराईमा राख्ने कि पहाड राख्नेबारे पार्टी भित्रकै सांसदबीच मत बाँझिन थालेपछि विषय झन्झन् पेचिलो बन्दै गएको हो । तराईबाट निर्वाचित सांसदले तराईमा र पहाडबाट निर्वाचितले पहाडमा राजधानीको पक्षमा उभिन थालेको बताइएको छ । प्रदेश सरकारमा दुईतिहाई बहुमत रहेको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझैसम्म आधिकारिक धारणा बनाउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिको वातावरण अझै नबनेको भन्दै सुझाव संकलनको लागि बनेको सुझाव संकलन विशेष समितिको म्याद पुनः दोस्रो पटक थपिने निश्चित भएको छ । १ हप्ताभित्र प्रतिवेदन तयार गर्न भनी साउन १४ गते गठन भएको समितिले काम गर्न नसकेपछि साउन २१ गतेको संसद बैठकले एक हप्ताको लागि म्याद थपेको थियोे । जुनअनुसार मंगलवार बस्ने संसद बैठकमा सो समितिले प्रतिवेदन पेश गर्नुपर्ने हो । तर, अझैपनि सुझाव संकलनको कार्य जारी रहेको भन्दै समितिले म्याद थपको पहलमा लागेको समेत बताइएको छ ।


Advertisment
Nabil box
Kumari

विशेष समिति सदस्य एवं सांसद चुनकुमारी चौधरीले अझै पनि प्रतिवेदन बुझाउन सकिने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘राजधानी र नामाकरणको बारेमा छलफल जारी रहेकोले प्रतिवेदन आज आउन सक्ने अवस्था सम्भावना छैन ।’

Vianet communication
Laxmi Bank

केन्द्रमै मुख ताक्ने प्रवृति

प्रदेश स्तरमा सहमतिको वातावरण कमजोर बन्दै गएपछि नेता शीर्ष नेतालाई धाउने क्रम पनि बढेको छ । केही दिनयता प्रदेशका मन्त्री र सांसदले काठमाडौं ओहोरदोहोरलाई तीब्रता दिएका छन् । 

राजधानी र नामाकरणबारे बनेको विशेष समिति संयोजक एवं सांसद तारालामा तामाङ पनि काठमाडौंमा व्यस्त रहेका छन् । उनले शीर्ष नेतासँगको भेटघाटलाई तीब्रता दिएको बुझिएको छ । तर, उनले २ पार्टीबीचको एकीकरणपछि पार्टीको संरचनाबारे छलफलको लागि काठमाडौं आएको बताएका छन् । प्रदेशका नेताले शीर्ष नेता भीम रावल, लेखराज भट्ट, नारदमुनि राना लगायतलाई भेट्ने गरेका छन् ।

राजधानीको लागि भूगोललाई आधार बनाउन सुझाव

सुझाव संकलनको कार्य जारी रहेकै बेला थारु आगुवाले राजधानीको लागि भूगोललाई आधार बनाउन सुझाव दिएका छन् । थारु नागरिक समाज कैलालीले सोमबार धनगढीमा आयोजित समसमायिक विषयमा छलफल कार्यक्रममा इतिहासकार एंव लेखक महेश चौधरीले प्रदेशको स्थायी राजधानी दीर्घकालीन सोचको आधारमा तोक्न सुझाव दिए ।

तत्कालीन नेकपा एमालेको राज्यमन्त्री समेत रहेका उनले प्रदेशको सबै जिल्लाको पायक पर्ने र समानुपातिक विकासमा सहयोग पुग्ने दृष्टिकोणका साथ राजधानी बनाउनुपर्ने बताए ।

‘प्रदेश एकल पहिचानको आधारमा होइन, बहुपहिचानको आधारमा प्रदेश बनाइएको छ । जसको समानुपातिक विकासको लागि भूगोलको आधारमा राजधानी बनाए उत्तम हुन्छ,’ उनले भने, ‘भूगोल शास्त्रको मान्यतालाई आधार मान्ने हो भने राजधानी भएको स्थानमा जनसंख्या केन्द्रीकृत हुन्छ । जुन कारण पहाडको दिपायल उत्तम विकल्प हो । जसले तराई, पहाड र हिमाललाई समेत जोड्ने काम गर्नेछ ।’

कार्यक्रममा प्रदेश सांसद मालामति रानाले पनि राजधानी पायक पर्ने स्थान या धनगढीमै बनाउन जोड दिइन् । अस्थायी राजधानी धनगढीमा विभिन्न संरचना निर्माण गर्नमा लगानी भएकाले धनगढीमै राख्न जोड दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x