×

NMB BANK
NIC ASIA

बुटवल – रूपन्देहीका १६ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह वनविहीन रहेको पाइएको छ ।

Muktinath Bank

हरेक स्थानीय तहमा १० प्रतिशत भूभागमा अनिवार्य रूपमा वन क्षेत्र हुनुपर्ने राष्ट्रिय वन नीति–२०७४ मा उल्लेख भएपनि रूपन्देहीमा भने १ नगरपालिकासहित ५ गाउँपालिका सामुदायिक वनविहीन छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला वन कार्यालय रूपन्देहीका सहायक वन अधिकृत गिरीराज पन्तका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, सम्मरीमाई, मर्चवारी, मायादेवी र ओमसतिया गाउँपालिमा राष्ट्रिय वन छैन । 


Advertisment
Nabil box
Kumari

पन्तले भने, ‘अब वन नभएका स्थानीय तहले नदीउकास क्षेत्र, सार्वजनिक जग्गामा वृक्षरोपण गरी १० प्रतिशत क्षेत्र वनको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।’ राष्ट्रिय वनअन्तर्गत साझेदारी, कबुलियती, धार्मिक, सरकारद्वारा व्यवस्थित, सामुदायिक र संरक्षित वन पर्छन् । जिल्लामा २५ हजार १ सय ५ हेक्टर वन क्षेत्र छ । जसमध्ये १६ हजार हेक्टरमा सामुदायिक वन र २ वटा साझेदवारी वन समेत छन् । 

Vianet communication
Laxmi Bank

जिल्लाका सबैभन्दा बढी वन क्षेत्र सैनामैना नगरपालिकामा छ । सैनामैनामा ९ हजार १ सय ७० हेक्टर वन छ । जुन जिल्लाको वन क्षेत्रको ३७ प्रतिशत हो । त्यस्तैगरी, देवदहमा ७ हजार ३ सय ९०, बुटवलमा ४ हजार ९ सय ८०, तिलोत्तमामा १ हजार ३ सय ६० हेक्टर वन रहेको जिल्ला वन कार्यालयका अधिकृत अभिमन्यू केसीले जानकारी दिए ।

केसीका अनुसार कञ्चन गाउँपालिकामा १ हजार २ सय ८०, गैडहवामा ७ सय ३०, सियारीमा १ सय ४०, रोहिणीमा ३०, सुद्धोधनमा ३० र सिद्धार्थनगर नगरपालिकामा जम्मा १० हेक्टर वन रहेको छ । सरकारले वनको कुल आम्दानीको ५० प्रतिशत संघीय, २५÷२५ स्थानीय तह र प्रदेशलाई राजश्व लिन सक्ने कानून बनाउँदै छ । 

नेपालमा कुल भूभागको ४४ दशमलव ७ प्रतिशत (६५ हजार आठ सय ४८ वर्गकिलोमिटर) वनले ढाकिएको छ । वनविहीन स्थानीय तहमा वन विस्तार गर्नुपर्ने र यसमा स्थानीय तहको प्रभावकारी भूमिका रहनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव भारती पाठकले बताइन् । प्राकृतिक स्रोत प्रयोग र व्यवस्थापन गर्न सहज हुने गरी कानून ल्याएर वनको विस्तार गर्नुपर्ने उनको भनाइ छ । 

सामुदायिक वन उपोक्ता महासंघले वनको विकास गर्न वनहरू स्थानीय तह मातहत राख्नुपर्ने माग गर्दै आएको छ । तर, सरकारले वनहरू प्रदेश सरकार मातहत राख्ने गरी कानून निर्माण गर्दैछ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले वनलाई समृद्धिसँग जोड्न पनि वन क्षेत्रको विस्तार आवश्यक रहेको बताए । उनले वातावरणलाई स्वच्छ र सफा बनाउन आफूहरूले वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिवालय सदस्य ठाकुर भण्डारीले सरकारले सामुदायिक वनको अधिकार कटौती गर्न खोजेको बताए  । कानूनबिना नै राज्यले वैज्ञानिक वन व्यवस्थापनको नाममा आर्थिक भ्रष्टचार गरेको भण्डारीलेको आरोप छ । 

वन तथा वातावरण मन्त्रालयले जिल्ला वन कार्यालयलाई डिभिजन कार्यालय बनाउने भएको छ । वनजंगल बढी भएको एवं भौगोलिक दृष्टिले ठूलो क्षेत्र रहेका जिल्लामा २ वटासम्म पनि डिभिजन रहने छन् ।

तत्कालीन सेक्टर वनलाई सवडिभिजनमा रूपान्तरणका गर्ने भएको छ । राष्ट्रिय वन प्रदेश मातहत तथा राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षसहित संरक्षित क्षेत्र संघको मातहतमा रहने संविधानमा व्यवस्था छ । 

राष्ट्रिय वनको रेखदेख प्रदेश सरकारले गर्ने व्यवस्था भएपनि सामुदायिक वनको अनुगमन र निरीक्षण स्थानीय तहले गर्ने छन् । सामुदायिक वनका समूह स्थानीय हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x