×

NMB BANK
NIC ASIA

भारतीय पत्रिकाको हास्यास्पद दाबी - लेख्छ ‘नेपालले भारतको ७१ सय एकड जमीन हडप्यो’

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालले भारतको बिहारस्थित चम्पारण जिल्लाको लगभग ७१ सय एकड जमीनमा कब्जा गरेको भारतीय पत्रिका जनसत्ताले लेखेको छ । 

बुधवार जनसत्ताको अन्लाइन संस्करणमा छापिएको खबरअनुसार, भारतको जमीनमा नेपालले लगातार कब्जा गरिरहेको छ । 

वाल्मीकिनगरमा सुस्ता, वाल्मीकि टाइगर रिजर्भको जंगल र गोवर्धना अनि शिवालिकका डाँडामा नेपालले कब्जा जमाएको छ । नेपालले यी क्षेत्रमा जमीनको कागजात पनि बनाउन लागेको पत्रिका लेख्छ । 

यस विषयमा सोध्दा उक्त क्षेत्रका डीएम निलेश रामचन्द्र देवरलाई सोध्ला उनले यो अन्तर्राष्ट्रिय विषय भएको बताए । उनले यो जमीन अतिक्रमणको घटना भएको बताए । 

दोहोरो नागरिकताका कारण मानिसले फाइदा उठाइरहेका छन् । इलाकाको जंगलबाट करोडौं रुपैयाँबराबरका रुख काटिएका छन् । 

अतिक्रमणका कारण वाल्मीकिनगरको सुस्ता सबभन्दा बढी प्रभावित छ । नेपालको त्रिवेणी थाना पनि सुस्तामा पर्छ । 

त्यहाँ अस्पताल, विद्यालय र सडक पनि बनाइएका छन् । नेपाल अब भीटीआर जंगल र शिवालिकका डाँडामा पनि दाबी गर्दैछ । 

सुस्तामा बस्ने ९५ प्रतिशत मानिस अहिले पनि भारतीय छन् । नेपालले यस्तो कदम उठाउँदा पनि भारतीय सरकारले ठोस कदम नउठाएको पत्रिका लेख्छ । 

सन् १८१५ मा भएको सुगौली सन्धिलाई सन् १९६० मा खुकुलो बनाइएको पत्रिका लेख्छ । सन् २००५ मा भएको सन्धिमा भारत सरकार नेपालप्रति थप नरम भएको पत्रिकाको दाबी छ । 

दुई देशको सीमा विवादका सम्बन्धमा सन् २००६ र २००७ मा सम्झौता भएका थिए । वर्षैपिच्छे दुवै देशका सीमाक्षेत्रमा अधिकारीहरू बैठक पनि गर्छन् तर कुनै परिणाम निस्कँदैन ।

 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x