×

NMB BANK
NIC ASIA

प्रहरी रेकर्डमा कर्णाली अझै ६ नम्बर प्रदेश ! संसद सचिवालय रुष्ट

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – गत फागुन १४ गते नै ६ नम्बर प्रदेशलाई कर्णाली प्रदेश तथा राजधानी वीरेन्द्रनगर राख्ने संसदको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेपछि पनि प्रदेश प्रहरी कार्यालय लगायतका अन्य प्रहरी कार्यालयले निर्णय कार्यान्वयन गर्न सकेका छैनन् ।

Muktinath Bank

प्रहरीलाई नाम सुधार्न बारम्बार ताकेता गरेपनि प्रहरीले भने आवश्यक कानून अभावमा कर्णाली प्रदेश प्रहरी लेख्न नमानेको स्रोतले बताएको छ । बारम्बार प्रहरी कार्यालयले कर्णाली प्रदेशसभा सचिवालयलाई ६ नम्बर प्रदेशसभा सचिवालय भनेर सम्बोधन गर्दै पत्र लेख्ने गरेकोमा कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेशसभा नै उल्लेख गरेर पत्र पठाउनु भन्दै प्रहरीलाई पत्र लेखेर पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय वीरेन्द्रनगरले सचिवालयलाई साउन ४ गते लेखेको पत्र साउन १७ गते सचिवालयमा आइपुगेको थियो । पत्रलाई संसदका निमित्त सचिव लक्ष्मण शर्माले कर्णाली प्रदेश सभाको नाममा पत्र नआएको बताउँदै फिर्ता गरेका छन् । पत्रमा अबदेखि कर्णाली प्रदेशसभा भन्ने प्रष्ट नामै उल्लेख गरी पत्र काट्न निर्देशन दिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुरेन्द्रविक्रम शाहले संघीय सरकारले अहिलेसम्म कुनै निर्देशन तथा नियम नबनाएका कारण यस्तो भएको बताए । ‘हामीलाई नाम बदल्न कुनै समस्या छैन,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘हामीले परिपत्र गर्दा नेपाल सरकार लेख्ने गरेको भएपनि अब कर्णाली प्रदेश सरकार लेख्ने कि नलेख्ने ? हामीलाई कानूनी जटिलताका कारण यस्तो भएको हो ।’

Vianet communication
Laxmi Bank

उनले यही अवस्था रहिरहे आफूहरूले केहि पनि गर्न नसक्ने प्रतिक्रिया दिए । ‘अदालती प्रक्रियामा हामीले कुन सरकारको नाम कसरी लेख्ने ? ऐन नबन्दासम्म हामीले कसरी नाम लेख्ने ?’ उनले भने,  ‘ऐन आएको खण्डमा हामीले तत्काल नाम परिवर्तन गर्ने छौं ।’

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रहरीले अहिलेसम्म नामै नबदल्नु गलत भएको सार्वजनिक कार्यक्रममा आरोप लगाए । ‘हामीले गर्व गर्न लायक गरी प्रदेश सभाको नामाकरण गरेको धेरै भएको छ । विगतमा राजपत्रमा प्रकाशित भएन भनेर नाम बदल्न ढिलाइ भएकोभन्दा हामीले स्वाभाविक रुपमा लियौं,’ सांसद शाहीले भने, ‘हामीले नीति बनाउने, ऐन बनाउने तर कार्यान्वयन गर्ने संयन्त्रले भने कार्यान्यवन नगर्ने यस्तो परिपाटी कहिलेसम्म चल्छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x