×

NMB BANK
NIC ASIA

‘सोल्टी’ र ‘मितिनी’ जाने भए चीन, चितवनबाट गरियो बिदाई

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

—नारायण ढुंगाना 
रत्ननगर– सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमाडौं पठाइएको छ । 

Muktinath Bank

रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ गौँंडालाई काठमाडाँै पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गैँडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो विमानमा राखी चीन पठाइने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

अगाडी पछाडि सेनाको गाडीले स्कटिङ गरी यहाँबाट उक्त गैँडा काठमाण्डौँ लगिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा संरक्षणकर्मी सहभागी रहेको गैँडा लाने टोलीको नेतृत्व ढकालले नै गरेका छन् । 

Vianet communication
Laxmi Bank

अहिले राखिएको गैँडामध्ये पोथी(मितिनी)लाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो भने सोल्टी चाँहि अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सिमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको गैँडा हो । यी दुबै गैँडालाई साङघाई सफारी पार्कमा लगेर राखिने छ । 

गएको चैत २८ गते चीनलाई उपहार पठाइएको ‘रुपसी र भद्र’ नामको एक जोडी गैँडा हाल चिमे लङ सफारी पार्कमा रमाइरहेको जनाएको छ । 

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैँडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । 

एकसिङ्गे गैँडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार सरकारले विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैँडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुई चोटी गरेर अमेरिकालाई छ वटा गैँडा उपहार दिइसकेको छ । यसैगरी नेपालले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा दुई, दुई वटाका दरले कुल १० गैँडा उपहारस्वरुप पठाइसकेको छ । 

थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि दुई, दुई वटाका दरले गैँडा पठाइएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् । नेपालमा भने हाल गैँडाको संख्या ६४५ छन् । 
यसैबीच गैँडाको रेखदेखका लागि पशुचिकित्सक र वन्यजन्तु प्राविधिकको टोलीसमेत चीन जाने भएका छन् । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक डा अमिर षडौला, चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य प्राविधिक हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई गैँडासँगै चीन जाने भएका हुन् । उनीहरुमध्ये षडौला र पाण्डे १० दिन र अरु १५ दिन चीन बस्ने छन् । उनीहरु पनि आज गैँडासँगै काठमाडौँ गएका हुन् । 

गैँडाको स्वास्थ्य चेकजाँचसँगै बानी पार्न र चिनिया प्राविधिकलाई रेखदेखका लागि सिकाउन उनीहरु चीन जान लागेको कोषका सौराहा प्रमुख रामकुमार अर्यालले जानकारी दिनुभयो । यसअघि भद्र र रुपसीसँग वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा किरण रिजाल, तिर्थ लामा, दिपु चौधरी र विनोद दराई चीन गएका थिए । उनीहरु स्वदेश फर्किसकेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x