डुबेर दुई जनाको मृत्यु

साउन २९, २०७५

राजविराज- पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । 

मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । 


आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो । 

यसैगरी मादक पदार्थ सेवन गरी बेपत्ता रहेका सप्तरी रुपनी गाउँपालिका–२ का ४० वर्षीय रामउद्गार सदाको शव आज पोखरीमा डुबेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । 

साउन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस