खुकुरी प्रहार गरी एक छोरा र भाइको हत्या, अर्का दुई छोरा घाइते !

प्रतिकात्मक तस्वीर
साउन ३०, २०७५

जाजरकोट – रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले बुधबार आफ्नै छोरा र भाइको हत्या गरेका छन् । 

छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।


ADVERTISEMENT

शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ ।

छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए । शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।

बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । 

साउन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस