कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं – हिन्दू धर्मका विभिन्न पर्वहरूका आध्यात्मिक र दार्शनिक महत्त्व छन् । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पनि आध्यात्मिक महत्त्व बोकेको पर्व हो । यसपालि नागपञ्चमी भोलि बिहीवार परेको छ ।
सनातन धर्ममा मोक्ष प्राप्तिका लागि नागलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ । भगवान् विष्णु शेषनागमा शयन गर्नुहुन्छ । शिवजीको गलामा नाग हुन्छ ।
समुद्र मन्थनका लागि नाग वासुकिलाई डोरी बनाइएको थियो । आदिम परम्परामा सर्पलाई माताका रूपमा मनसा देवीको पूजा गरिँदै आएको छ । सामाजिक रूपमा यही कारणले गर्दा नाग वा सर्पको पूजा शुरू भयो ।
सनातन धर्मका परम्परामा राजयोग अर्थात् कुण्डलिनी जागरणमार्फत मोक्षप्राप्तिको चर्चा आउँछ । मनुष्य शरीरमा ऊर्जा प्रवाह ७२ हजार नाडीमार्फत हुन्छ । तिनमा पनि इडा, पिंगला र सुषुम्ना नाडी बढी महत्त्वपूर्ण छन् ।
इडा र पिंगला हाम्रो मेरुदण्डका हाडका बायाँ र दायाँमा छन् । सुषुम्ना नाडी मेरुदण्डको बीच बाटो हुँदै हाम्रो मस्तिष्कमा पुग्छ ।
इडा र पिंगलाबाट हुने ऊर्जा प्रवाहलाई रोकेर त्यो बाटोको साटो सुषुम्ना नाडी भएर जाने क्रियालाई नै कुण्डसलनी जागरण भनिन्छ । यो हाम्रो मूलाधार चक्रलाई जागृत गराएमा मात्र सम्भव छ । मूलाधार चक्रलाई चेतनारूपी सर्प
मानिएको छ जुन तीन फन्का गुँडुल्किएर सुप्त अवस्थामा बसेको छ ।
चेतनारूपी सर्पले मूलाधार चक्रबाहेक पाँच अन्य चक्र स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा चक्रलाई छेडेपछि मानस शक्ति अर्थात् मनसा देवी हाम्रो सहस्रार चक्रलाई छेड्न सहज हुन्छ । त्यसपछि कुण्डलिनीको सर्पले अमृत पान गर्छ । सह्रसार चक्र अर्थात् ब्रह्म ज्ञानको चक्र मानस शक्ति जागृत भएपछि नै जाग्छ । यही आध्यात्मिकतालाई नाग पञ्चमीले प्रतीकात्मक रूपमा मनाइन्छ ।
नाग सुप्त चेतनाको प्रतीक हो । मानस शक्ति मनसा देवीको प्रतीक हो र पञ्चमी तिथि मूलाधार चक्र र सहस्रार चक्रलाई छोडेर शेष पाँच चक्रको प्रतीक हो ।
नागलाई दूध पियाउनु कुण्डलिनीको नागले अमृत पान गर्नुको प्रतीक हो । ज्योतिषीय दृष्टिबाट पनि पञ्चम भावलाई मन्त्र र आध्यात्मिक जागरणको भाव मानिन्छ । नागपञ्चमीलाई जागरणको पर्वका रूपमा लिनुपर्छ ।
श्रीश्वेतवाराहकल्पको एक कथा अनुसार, सृष्टिको प्रारम्भमा ब्रह्माजी अत्यन्त क्रोधित अनि फेरि भावुक हुनुभयो । त्यसले गर्दा उहाँको आँखाबाट आँसुको धारा निस्कियो । ब्रह्माजीका यी आँसु पृथ्वीमा खस्दा माटोमा मिसिएर तिनको
मेलबाट नाग उत्पन्न भए । ती नागमा वासुकि, तषक, अनन्त, कर्कोटक, पद्म, महापद्म र शंखपाल प्रमुख छन् ।
आफ्नो आँसुबाट निस्किएका हुनाले ब्रह्माजीले नागलाई आफ्नो पुत्र मान्नुभयो र देवतासमान शक्ति दिनुभयो । अनन्तनागलाई सूर्यसमान, वासुकिलाई चन्द्रमासमान, तक्षकलाई मंगल, कर्कोटकलाई बुध, पद्मलाई बृहस्पति,
महापद्मलाई शुक्र र कुलिक तथा शंखपाललाई शनिसमान शक्तिशाली बनाउनुभयो ।
धार्मिक मान्यताअनुसार, यी सबै नाग सृष्टि सञ्चालनमा ग्रहजत्तिकै भूमिका निर्वाह गर्छन् । यी नागबाट देवतागण पनि सेवा लिन्छन् । भगवान् गणेश नागलाई यज्ञोपवीत बनाउनुहुन्छ, भगवान् शिव नागलाई गहना बनाउनुहुन्छ ।
भगवान् विष्णु नागशय्यामा शयन गर्नुहुन्छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...