फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – भारतको बिहार राज्यस्थित मुजफ्फरपुर शेल्टर होममा बालिकाहरूमाथि बलात्कारको घटना सार्वजनिक भएपछि बिहारका अन्य यस्ता होमका बारेमा आश्चर्यजनक तथ्यहरू बाहिर आएका छन् ।
टाटा इन्स्टिच्युट अफ सोसल सायन्सेसको ताजा अडिट रिपोर्टमा उल्लेख भएअनुसार, त्यस्ता शेल्टर होममा बालिकाको यौन, मानसिक र शारीरिक शोषण गरिन्छ । त्यहाँ कामकाज पनि अत्यन्तै अव्यस्थित तरिकाले गरिन्छ ।
प्रतिवेदनअनुसार, १४ शेल्टर होममा यौन र शारीरिक यातना दिइन्छ । तीमध्ये कतिपय भवनका शौचालयमा ढोकै थिएनन् र स्टाफलाई त्यहाँ बस्ने बालिकाको बारेमा संवेदनशील कुराहरू थाहा थियो ।
ती शेल्टर होममा ल्याइएका बालिकामध्ये धेरैजसो बलात्कारपीडित थिए । अरूहरू यौनशोषण पीडित थिए । धेरै चाहिँ घरबाट भागेका थिए ।
शेल्टर होमको हालत जर्जर थियो । सरसफाइमा निकै समस्या थियो । उचित निकास व्यवस्था थिएन । मोतिहारी, मुंगेर, गया, अररिया र पटनाका शेल्टर होममा अनुचित व्यवहारको उल्लेख गरिएको छ ।
रिपोर्टमा लेखिएअनुसार, १४ शेल्टर होममा प्लास्टिक बोतलमा पिसाब भेटियो किनकि राति बच्चाहरूलाई ताल्चा लगाएर थुनिन्थ्यो ।
मोतिहारीमा बच्चीहरूलाई मोटो पाइपले पिटिएको पाइयो । मुंगेरमा बच्चाहरूलाई कारागारमा जस्तो गरी राखियो । गयामा बच्चीहरूलाई अश्लील कुरा लेखाइयो । अररियामा बच्चाहरूलाई प्रहरीले पिटे । पटनामा उनीहरूका लागि
औषधि र कपडाको अभाव थियो ।
हाजीपुर शेल्ट होममा प्रहरीले अल्पवास गृहका प्रमुख कार्यकर्ता मनमोहन प्रसादलाई बच्चीहरूको यौन शोषण गरेको आरोपमा पक्राउ गरेको छ ।
एजेन्सी
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...