×

NMB BANK
NIC ASIA

‘फोहरलाई मोहर’ बनाउन जुटे ५ नगरपालिका

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

झापा – फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । 

Muktinath Bank

फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने उनले बताए । कुहिने फोहर, प्लास्टिकजन्य फोहर, कागज र धातुजन्य फोहर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहरबाट बायोग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकालिने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

बायोग्यास उत्पादनका लागि चार हजार घनमिटर क्षमताको प्लान्ट स्थापना गरिने भएको छ । सो कार्यका लागि रु १६ करोडको लागत लाग्ने र विश्व बैंकले ४० प्रतिशत अनुदान दिने भएको छ । बाँकी ६० प्रतिशत नगरपालिका र स्थानीयवासीबाट लगानी गरिने नगरप्रमुख पोखरेलले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

प्लान्ट स्थापनाका लागि कनकाई नगरपालिका–२ मा तीन बिगाहा जग्गासमेत व्यवस्थापन गरिएको छ । कुहिने फोहरबाट मिथेन ग्यास निकालेर सिलिण्डर वा पाइललाइनमार्फत घरघरमा पुर्‍याइने ती नगरपालिकको योजना छ । 

कुहिने फोहर हप्तामा दुई पटकसम्म सङ्कलन गरिने र त्यसका लागि टोलस्तरीय कमिटी गठन गरिएको छ । कनकाई नगरपालिकामा २३ वटा समिति गठन गरिएको छ भने बिर्तामोड र अर्जुनधारामा गठन प्रक्रियामा रहेको छ । 

बढ्दो शहरीकरणसँगै फोहरमैला चुनौतीका रुपमा देखिएकाले त्यसको दीर्घकालीन व्यवस्थापन गर्न सहकार्य गरेर अघि बढ्न लागेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले बताए ।

प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्नका लागि रु तीन करोडको लागतमा प्लान्ट स्थापना गरिने भएको छ । जसका लागि प्रदेश नं १ सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । पाइरोलाइसिस प्रविधिबाट एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । 

फोहर व्यवस्थापनका लागि आफूहरुले अघि सारेको योजना कति प्रभावकारी हुन सक्छ भन्ने विषयमा अध्ययन गर्न आबद्ध नगरपालिकाको एक टोली अध्ययन गर्न चीन वा भारत जाने तयारीमा रहेको छ । 

लगानी खेर जान्छ कि जाँदैन, उत्पादनले बजार पाउँछ पाउँदैन, अरु देशमा यसको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न टोली चीन वा भारत जाने तयारीमा रहेको कनकाई नगरप्रमुख पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x