×

NMB BANK
NIC ASIA

पर्यटक भित्र्याउन कीर्तिपुर नगरपालिकाको यस्तो तयारी

साउन ३०, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं – कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । 

Muktinath Bank

आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । शहरी भेगमा नेवार जाति तथा समुदायको मुख्य बसोबास रहेको भए पनि गाउँगाउँमा क्षेत्री, मगर समुदायका मानिस बस्छन् । उनीहरुको भाषा, धर्म र संस्कृतिमा पनि विविधता रहेको छ । पछिल्लो समय बसाइँसराइका कारणले बाहिरी जिल्लाबाट आएर घर घडेरी जोडेर बस्नेको सङ्ख्या बढ्दै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरमा मल्लकालीन समयदेखि विकास भएका विभिन्न कला र संस्कृतिको प्रभाव पाइन्छ । यहाँका प्राचीन महत्वका सम्पदास्थललाई प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्ने नीति परियोजनामा लिइएको नगरपालिका उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

परियोजनाअन्तर्गत पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनसमेत पर्दछन् । 

Vianet communication
Laxmi Bank

वि.सं. २०५३ चैत १४ गते नगरपालिका ऐन २०५३ अनुसार गठन भएको उक्त नगरपालिकामभित्र पाँगा, चोभार, भाजङ्गल, ट्याङ्ला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँबजार र भत्केपाटीसमेत प्रमुख स्थान छ । नगरपालिकाका अनुसार त्यस क्षेत्रमा कालोपत्रे सडक ३५ किमी, ग्राभेल सडक ४० किमी, कच्ची सडक ३५ किमी छ । 

कीर्तिपुर शहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वाग्मती नदी, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । नगरपालिकाको कूल क्षेत्रफल १४ दशमलब ७६ वर्ग किमी छ । वि.सं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कीर्तिपुरको कूल जनसङ्ख्या ६५ हजार ६०२ छ । यहाँका अधिकांश स्थानीय बासिन्दा कृषि पेशामा निर्भर छन् । 

स्थानीय पर्यटनको विकासमा लामो समयदेखि क्रियाशील विजयकुमार महर्जनले करीब एक दशकदेखि कीर्तिपुर हिल साइड रिसोर्ट सञ्चालन गर्दै आएका छन् ।

रिसोर्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार यस क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न राम्रो तारे होटलको विकास नभएका कारण पर्यटकीयस्थल ओझेलमा परेका छन् । पर्यटन क्षेत्रको विकास गरी स्थानीय सम्पदा तथा संस्कृतिलाई पर्यटकसँग जोड्न सकेमा स्थानीय क्षेत्रको बहुआयामिक विकास हुने उनले बताए ।

अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ओगटेको नगर क्षेत्र वरपरका भागमा राम्रो र व्यवस्थित सडक यातायातको सुविधा विस्तार हुन सकेको छैन ।

शहरी क्षेत्रमा औद्योगिक कलकारखानाका साथै बजारको व्यवस्था, खानेपानी, बिजुली, टेलिफोनको सुविधा छ । 

जलविनायक, आदिनाथ मन्दिर, पोखरी, चिलन्चो विहार, उमामहेश्वर, कर्कोटक नागको वासस्थान टौदह धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने सम्पदास्थल छन् ।

यिनलाई नै पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय महेश श्रेष्ठले बताए ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुरलाई तीन पटक आक्रमण गरेको इतिहास पाइन्छ ।

मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय विसं २०१६ मा यहाँ स्थापना भएको भए पनि स्थानीयवासी अपेक्षाकृत रुपमा शिक्षित हुन सकेका छैनन् ।

विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरवासीको अग्रणि भूमिका रहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x