×

NMB BANK
NIC ASIA

निवृत्तिभरण कोषबारे सांसदको सुझाव : कर्मचारी मात्र हैन, जनतालाई पनि पेन्सन

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सांसदहरूले सरकारी कर्मचारीलाई मात्र नभई  निजी क्षेत्रमा काम गर्ने कामदारलाई समेत पेन्सनको व्यवस्था गर्न माग गरेका छन् ।

Muktinath Bank

प्रतिनिधिसभाको बुधवार बसेका बैठकमा ‘निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७५’ माथिको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरूले निवृत्तिभरण कोषको दायरलाई फराकिलो बनाउन सुझाव दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा भाग लिँदै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले निवृत्तिभरण कोषमा निजी क्षेत्र तथा विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा कार्यरत मजदूर र जनतालाई पनि समेट्नुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विधेयकमा व्यवस्था भएको कर्मचारीको मासिक तलबबाट काटिने ६ प्रतिशत रकम कम भएको भन्दै त्यसलाई ७ प्रतिशत पुर्‍याइनुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसकै भरत कुमार शाहले पेन्सन रकम ५ पटकमात्रै बढ्ने व्यवस्था उपयुक्त नभएको बताए ।

उमेर बढेसँगै पेन्सनमाथिको निर्भरता बढ्ने भएकाले उमेर बढेपछि पेन्सन पनि बढ्ने व्यवस्था बनाइनुपर्ने उनले बताए । 

सत्तारुढ दल नेकपाकी सांसद मैनाकुमारी भण्डारीले पेन्सन अवधि (२० वर्षे सेवा अवधि) नपुग्दै ४–५ वर्ष अगाडि नै कुनै कर्मचारीको मृत्यु भएमा पेन्सन अवधि पुग्ने बेलासम्म उनका पति वा पत्नीले मासिक तलबको रकम पाउने व्यवस्था गर्नुपर्ने बताइन् ।  

अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावमा ४ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । 

बैठकले ‘निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७५’ लाई स्वीकृत गरेको छ । विधेयकमाथि अब संसदीय समितिमा दफावार छलफल हुनेछ । 

सेवानिवृत्त हुने सरकारी कर्मचारीलाई प्रदान गरिने निवृत्तिभरण (पेन्सन)को भार बढेर राज्यकोषबाट धान्नै नसकिने अवस्था पुगेको भन्दै सरकारले चालू आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x