×

NMB BANK
NIC ASIA

जाजरकोटमा बाढीको बितण्डा : एकको मृत्यु, सयौं रोपनी खेत बगायो

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट – नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाएर बुधवार बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्‍याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच स्थानीय झुप्रा खोलामा आएको बाढीले नलगाड नगरपालिका २, ३ र ४ बीचमा बाढीले चार घरसहित दुई वटा पुलसमेत बगाउनुका साथै सयौँ रापेनी खेत बगाएको छ । बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, चार मिल, ५५ घट्ट, दुई वटा पुलसहित सयौँ रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरप्रमुख रावलले बताए ।


Advertisment
Nabil box
Kumari

मङ्गलबार राति आएको बाढीले नलगाड नगरपालिका–३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खिमलाल जैसी र वडा नं २ का कौशीबहादुर विष्टको घरसहित जग्गा बगाएको छ । वडा ३ का वडाध्यक्ष प्रचण्ड ओलीको मिल, जग्गा बाढीले बगाएको छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको पुल, वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित पुल पनि बगाएको नगर प्रमुख रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकसहित दुई वटा मिल पनि बगाएको छ । उक्त खोलामा आएको बाढीले नलगाड–३ को साङ्ट खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेतलगायत सयौं रोपनी खेत बगाएको उनले जानकारी दिए ।

बाढीले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्लीलगायत स्थानतर्फको आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित हुनुको साथै छेप्का र कालीमाटी बजार जोखिममा परेको छ । 

बाढीले वडा ८ बगारामा बाढीका कारण पाँच घर डुबान भएको छ भने पञ्चभयार माविको भवन पहिरोले पुरेको छ । त्यहाँ रहेका सोलार, कार्यालयका कागजातसमेत नष्ट भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x