फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध देशका १०० पत्रिकाले बिहीवार एक साथ सम्पादकीय छाप्ने भएका छन् ।
ट्रम्पको प्रेसविरोधी दृष्टिकोणका कारण यो कदम उठाएर उनलाई सन्देश दिन खोजेको पत्रिकाहरूको तर्क छ ।
यो अभियान अमेरिकी पत्रिका बोस्टन ग्लोबले शुरू गरेको हो । ऊ सबै मिडियाकहाँ पुगेर उनीहरूलाई अपील गर्न सफल भयो ।
आफ्नो अपीलमा बोस्टन ग्लोबले आफ्नो एडिटोरियल स्टाफमार्फत सबै मिडिया संस्थालाई सम्पादकीयमार्फत राष्ट्रपतिको प्रेसविरोधी दृष्टिकोण उचित छैन भन्ने सन्देश दिन अनुरोध गरेको छ । प्रेसविरुद्धको घिनलाग्दो खेल अन्त्य हुनुपर्ने अपीलमा लेखिएको छ ।
त्यसपछि भनिएको छ, ‘जुनसुकै विचारधारा भएपनि सबैजनाले मिलेर पत्रकारिताको पक्षमा जोडदार बयान दिनुपर्छ । सरकारसमक्ष जनताको पक्ष राख्नका लागि पत्रकारिता अत्यन्त जरूरी भएकाले सम्पादकीय लेख्नुपर्छ ।’
आइतवारसम्म १०० मिडिया हाउसले यो अभियानमा सहमति जनाएको बताइएको छ । अभियानमा संलग्न सबै मिडिया हाउसले बिहीवार सम्पादकीय आफ्नै भाषा र शैलीमा छाप्नेछन् ।
यससम्बन्धी बयानमा भनिएको छ, ‘हामी सरकारबाट मिडियालाई खतरा विषयमा सम्पादकीय छाप्नेछौं । सबै पत्रिकाले यसै विषयमा लेखून् भनी हामी अपील गर्छौं । हाम्रा शब्द फरक होलान् तर हाम्रो विचारबाट के प्रस्ट हुनेछ भने
ट्रम्पले मिडियामाथि आक्रमण गर्दा लोकतन्त्रलाई कति र कस्तो खतरा हुन्छ भन्ने प्रस्ट हुन्छ ।’
एजेन्सी
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...