×

NMB BANK
NIC ASIA

यूईएफए सुपरकपमा रियल मड्रिड र एट्लेटिको मड्रिड भिड्ने, कसको सम्भावना ?

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – युरोपेली मुलुक इस्टोनियाको राजधानी टालिनमा बिहीवार बिहान पौने १ बजे रियल मड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । 

यूईएफए सुपरकपको यो भिडन्त च्याम्पियन्स लीग विजेता र युरोपा लीग विजेताबीच हुने गर्छ । रियल च्याम्पियन्स लीग विजेता हो भने एट्लेटिको युरोपा लीग विजेता हो ।

एट्लेटिको मड्रिड र रियल मड्रिड दुवै क्लबमा विश्वस्तरीय फूटबल खेलाडीहरू छन् । दुई मड्रिड क्लबको भिडन्तलाई मड्रिड डर्बी भनिन्छ ।

च्याम्पियन्स लीगविजेता रियलले सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनाको पहिलो प्रतिस्पर्धात्मक खेल खेल्न गइरहेको छ । उनी युभेन्टस गएपछि अब ग्यारेथ बेल र करिम बेन्जेमामाथि गोल गर्ने चुनौती छ । 

एट्लेटिकोसँग डीएगो कोस्टा र आत्वाँ ग्रीजम्यान भएकाले फ्रन्टमा कसलाई खेलाउने भन्ने समस्या हुन सक्छ । 

एट्लेटिकोका प्रशिक्षक डीएगो सीमियोनले आफ्नो क्लब रियल मड्रिड र बार्सिलोनाकै स्तरमा रहेको बताउने गरेका छन् । 

बार्सिलोनाले ग्रीजम्यानमा पहिलेदेखि नै चासो राखेको भएपनि एट्लेटिकोले उनलाई आफूसँगै राख्न सफल भएको छ । अनि उसले गत जनवरीमा डीएगो कोस्टालाई ल्याएको थियो । उनीहरू बाहेक पनि एट्लेटिकोले अन्य उम्दा फूटबलरहरू भित्र्याएको छ । 

एट्लेटिकोले रियललाई ला लिगामा धेरैचोटि हराएको छ र हालैका सीजनहरूमा कोपा देल रेमा पनि हराउने गरेको छ । तर युरोपेली स्तरमा भने कथा अलि फरक छ । 

हुन त रियल प्रशिक्षक जिनेदिन जिदान र क्रिस्टियानो रोनाल्डो बिदा भएपछि सम्हालिने क्रममा छ । त्यसैले एट्लेटिकोले रियललाई हराएर युरोपेली स्तरमा राम्रो सन्देश दिनका लागि सुनौलो अवसर पाएको छ । 

समाचारहरूमा आएअनुसार, रियलले पुरानै गोलकीपर कीलोर नाभासलाई खेलाउनेछ । थिबाउ कोर्टोआ अघिल्लो हप्ता मात्र रियल आएकाले उनलाई टोलीमा राखिएपनि उनले खेल्ने सम्भावना छैन । 

रियलका प्रशिक्षक युलेन लोपेतेगुईले २१ वर्षीय डिफेन्डर जिसस भालेयोलाई खेलाउने सोच बनाएका भएपनि उनको मांसपेशीमा चोटका कारण यो महिनाभरि नखेल्ने सम्भावना छ । 

एट्लेटिकोका दुई प्रमुख खेलाडी ग्रीजम्यान र लुकास हर्नान्डेजलाई शुरूबाट नखेलाइने सम्भावना छ किनकि उनीहरू अघिल्लो हप्ता मात्र छुट्टीबाट फर्केका हुन् । टमस लेमार चाहिँ प्रिसीजनमा पनि खेलेकाले भोलिको खेलमा उनी
देखिने सम्भावना छ । 

रियल मड्रिड र एट्लेटिको मड्रिडले युरोपेली खेलमा भोलिसमेत गरी दशपटक भिडन्त गरेका छन् । 

ग्यारेथ बेलको लोभलाग्दो ओभरहेड किकले लोस ब्लान्कोस भनी चिनिने रियललाई लगातार तेस्रोपटक च्याम्पियन्स लीग उपाधि दिलाउन योगदान गरेको थियो । फाइनलमा रियलले लिभरपूललाई ३–१ ले हराएको थियो ।

उता एट्लेटिकोले युरोपा लीगको फाइनलमा मार्सेइलाई ३–० ले हराएको थियो र त्यसमा ग्रीजम्यानले दुई गोल गरेका थिए । 

स्ट्यान्डर्ड डट् को डट् यूकेबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x