×

NMB BANK
NIC ASIA

कुन दिन के गर्नु शुभ ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ८ फागुन — एक हप्तामा सात दिन हुन्छन् । प्रत्येक दिनको आफ्नै महत्त्व छ । हुन त हरेक दिन शुभ नै हुन् तर कुन दिन के काम गर्नु शुभ हुन्छ भनी धेरैमा जिज्ञासा रहन्छ ।


ज्योतिषमा प्रत्येक कार्यका लागि शुभ मुहूर्त निर्धारण गरिएको छ । तर तपाईंलाई शुभ मुहूर्तका बारेमा थाहा छैन भने दिनको हिसाबले पनि काम गर्न सक्नुहुन्छ ।

आइतवार
आइतवार गाडी, अस्त्र शस्त्र, धातु र पशु किन्न शुभ हुन्छ । यज्ञ, पूजा र कर्मकाण्डसँग जोडिएको काम गर्नु पनि शुभ हुन्छ । कपाल काट्न र दाह्री बनाउन पनि यो दिन शुभ हुन्छ ।

सोमवार
बेटबिरुवा रोप्न, कलात्मक कार्य गर्न, पशुपालनसँग जोडिएको काम गर्न, वस्त्र धारण गर्न, रत्न र आभूषण लगाउन, कामवासना पूरा गर्न, चिन्तन र मनन गर्न पनि यो दिन शुभ हुन्छ । पूर्व दिशाबाहेक अन्य दिशातर्फको यात्रा गर्नु शुभ हुन्छ ।

मंगलवार
वादविवादको निर्णय गर्न, युद्ध गर्न, प्रशासनिक कामको शुरुवात गर्न, आगोसम्बन्धी काम, जासूसी, नीतिसम्बन्धित काम, पराक्रमी काम अनि जागिरका लागि प्रयास गर्न यो दिन शुभ हुन्छ । मंगलवार बिर्सेर पनि ऋण नलिनुहोला ।

बुधवार
शिल्पकार्य, घर निर्माण, कसैलाई सूचना दिने काम, बहीखाताको शुरुवात, ब्यांकसम्बन्धी काम, नयाँ खाता खोल्ने काम, कपी कलम लगायत शिक्षासम्बन्धी काम पनि यही दिनदेखि शुरु गर्नु राम्रो हुन्छ ।

बिहीवार
धर्म, अनुष्ठान, न्यायसँग सम्बन्धित काम बिहीवारबाट शुरु गरेको राम्रो । बच्चाहरूलाई विद्यालय बिहीवारबाट पठाएको राम्रो । गृहशान्ति, घर निर्माण, वाहन पहिलोचोटि चलाउने, औषधि सेवन लगायतका काम बिहीवारबाट गरेको राम्रो ।

शुक्रवार
प्रेम, मित्रताको शुरुवात, नयाँ लुगा लगाउने, नाटक, फिल्म लगायत कलाको काम गर्ने, अनाज किन्ने, कृषि गर्ने, ब्युटी पार्लर जाने र मांगलिक कार्य गर्ने काम शुक्रवार गर्नु ठीक हुन्छ ।

शनिवार
फलाम, धातु, मशिनरीसँग सम्बन्धित कार्य, नोकर राख्ने, कुनै मुद्दामा साक्षी बस्ने, वादविवाद टुंग्याउने, अदालतमा मिसिल पेश गर्ने, बिउ रोप्ने र नयाँ घरमा प्रवेश गर्ने काम शनिवार गरेको राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x