×

NMB BANK
NIC ASIA

नोबेल अस्पतालको चरम लापरवाही : हजुरबालाई लगाउनुपर्ने इन्जेक्सन नातिलाई लगाउँदा बालकको मृत्यु

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– सुनसरीको बर्जु गाउँपालिका– २ रामगंज बेलगछिया राजटोलमा बारुलाले टोकर उपचार गर्न आएका एक बालकको विराटनगरस्थित नोबेल मेडिकल कलेज (शिक्षण अस्पताल) मा ज्यान गएको छ । 

Muktinath Bank

मंगलवार साँझ बारुलाले टोकेपछि उपचारको लागि बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकोमा बारुलाको बिष निकाल्ने प्रबिधि नभएको भन्दै कोशीले अन्यत्र रेफर गरेको थियो । हिजो साँझै नोबेल अस्पताल पुगेका हजुरबुबा ७५ बर्षका रामदेव राय र डेढ बर्षका नाती रिशब रायको नोबेल अस्पतालमा उपचार शुरु गरिएको थियो । उपचारका क्रममा हजुबुवा र नातीलाई अस्पतालले एकै खालको औषधि प्रयोग गर्दा रिशवको ज्यान गएको मृतकका बुबा जितेन्द्र रायको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

‘मंगलवार साँझ ५ बजे कोशी अस्पतालमा ल्याइएकोमा बारुलाले टेकेको बिष निकाल्ने प्रबिधि नभएपछि कोशीले रेफर गरेको थियो,’ जितेन्द्र रायले भने, ‘बिरामी दुबैलाई एउटै खालको औषधि लगाउँदा छोराको मृत्यु भयो ।’

Vianet communication
Laxmi Bank

नोबेल अस्पतालले रेफर नोट भन्दै मरेको बच्चालाई पठाएको बाबु रायको आरोप छ ।  रेफर नोट भनेर लेखिदिएको तर त्यो बेलासम्म बच्चाको मृत्यु भइसकेको उनको भनाइ छ । मृतक बालकको शव अहिले कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । तर शवको पोस्टमार्टमको लागि प्रक्रिया अगाडी समेत नबढाइएको उनको भनाइ छ । 

मृतकमा आफन्तहरुले शवको पोस्टमार्टमका लागि पहल गर्न जिल्ला प्रशान कार्यालय र जिल्ला प्रशान कार्यालय पुगेका थिए । प्रशासन र प्रहरीले कुनै पहल नगरेपपछि पीडितहरु १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा पुगेका थिए । 

सामाजिक विकास मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई पोस्टमार्टमको बिषयमा जानकारी लिँदा अस्पताल भित्रको बिषयमा पोस्टमार्टम नहुने प्रतिक्रिया दिएको सामाजिक विकास मन्त्रालय श्रोतले बताएको छ । 

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेट रोशन पोखरेलले पोस्टमार्टमको बिषय प्रहरीसँग जोडिएकोले केही भन्न नमिल्ने बताए ।  तर प्रहरीले भने यो बिषयमा पोस्टमार्टम गनेै नसक्ने बताएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले पोस्टमार्टम ‘पुलिस केस’मा मात्र हुने बताए ।  उनले हस्पिटलमा मरेका मान्छेहरुको पोस्टमार्टम हुनै नसक्ने दावी गरे । शंकास्पद मृत्यु जस्तो, डुबेर, विष सेवन गरेर, झुण्डिएर हुने मृत्युमा पोस्टमार्टम हुने भए पनि अन्य अस्पतालमा भएको मृत्युको बिषय छानबिन समिति बनाएर अगाडी बढ्न सकिने उनको भनाइ छ । 

तर मृतकका आफन्तहरुले भने शवको पोस्टमार्टम गर्नुपर्ने माग राख्दै मंगलवार दिनभरी १ नम्बर प्रदशको सामाजिक विकास मन्त्रालय घेराउ गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x