×

NMB BANK
NIC ASIA

गुल्मी – गुल्मी छत्रकोटका गाउँपालिका–१ हुंगाका लक्ष्मण न्यौपाने ४ वर्ष पोखरामा कपडा पसल गरे । कपडा पसल राम्रोसँग नचलपछि उनी गाउँमा फर्किएर टमटर खेती गर्न थाले । 

Sagarmatha Cement
Muktinath Bank

उनी विगत ५ वर्षदेखि ११ रोपनी जग्गामा टमटर खेती गर्दै आइरहेका छन् । गत वर्ष मात्रै न्यौपानले १६ लाख रूपैंयाँको टमटर बिक्री गरे । उनले भने, ‘मैले अहिले वार्षिक १६ लाखको टमटर उत्पादन गर्छु । जसमध्ये ६ लाख खर्च हुन्छ । वर्षको १० लाख रूपंैयाँ नाफा हुन्छ । खाद्य बालीभन्दा तरकारीमा बढी फाइदा हुँदा म टमटर खेतीप्रति आकर्षित भएको हुँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले उत्पादन गर्ने टमटर पैंचो पसलले खरिद गर्छ । ‘अहिले बजारको समस्या छैन,’ न्यौपानेले थपे, ‘सबै उत्पादन पैंचोले खरिद गरी लैजान्छ । समस्या बरू सिँचाइको छ ।’ त्यस्तै छत्रकोटकै भुवन खराल पनि तरकारी खेतीप्रति उत्साहित भएर लागेका छन् । २५ वर्षीय युवा खरालले यस वर्ष २२ रोपनी जग्गामा २२ हजार विरुवा नेपा ८ र अकबरे नाम २ प्रजातिका खुर्सानी लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

बीए दोस्रो वर्षमा अध्ययरन खरालले भने, ‘जग्गा भाडामा लिएर खुर्सानी लगाएको छु । यस वर्ष १५ लाख रूपैयाँको तरकारी उत्पादन गर्ने लक्ष्य लिएको छु ।’ छत्रकोटका ठूला–ठूला पाटाहरू हरिया तरकारीले भरिभराउ छन् । आफूहरूले उत्पादन गरेको खाद्य तथा नगदे बाली पैंचोले खरिद गर्ने भएपछि छत्रकोटका किसानहरू व्यावसायिक कृषिमा लागेका छन् ।

Vianet communication
Laxmi Bank

छत्रकोट श्रृंगा रूप्सेका रामकृष्ण कँडेलले ४५ रोपनी जग्गामा काक्रो, टमटर, करेला रामभेडा, सुन्तला र कागती लगाएका छन् । गत वर्ष उनले १२ लाखको तरकारी बिक्री गरे । यस वर्ष उनले १५ लाखका तरकारी बिक्री गर्ने लक्ष्य राखेका छन् । ‘अब व्यावसायिक तरकारी खेतीमा लागेका छौं । यसमा राम्रो भविष्य देखियो,’ उनले भने, ‘सिँचाइ र अनुदान राज्यले उपलब्ध गराए । देशकै नमूना कृषि बन्न सक्छु ।’

कँडेलजस्तै अहिले छत्रकोटका डिल्लीराज, जानकी परियार र लक्ष्मीनारायण न्यौपाने लगायत युवा वयस्क अहिले तरकारी खेतीमा व्यस्त छन् । छत्रकोटमा अहिले ६७ कृषक व्यावसायिक कृषिमा लागेका छन् । गाउँपालिबाट अहिले दैनिक लाखौं मूल्य बराबरका तरकारी बुटवल झर्छ । अहिले छत्रकोट कृषि उत्पादनका लागि पकेट क्षेत्र बनेको छ । पैंचोले गर्दा बुटवलवासीले गाउँकै उत्पादन खान पाएका छन् । ‘बसे पनि शहर गाउँकै खाने रहर’ पैंचोको नारासमेत छ । 

पैंचोले गुल्मीका किसानलाई व्यावसायिक तरकारी खेतीमा लाग्न उत्प्रेरित गरेको किसानहरूको भनाइ छ । ‘हामीले आफ्नो जीविका निर्वाह मुखी गर्न खेती गथ्यौं,’ लाकुरीडाँडाका किसान रमेश परियाले भने, ‘पैंचो आएपछि हामी व्यावसायिक तरकारी खेतीमा लाग्यौं ।’ पैंचोले अहिले गुल्मीका उत्पादन हुने तरकारीदेखि तामा, गुन्द्रुक, गिठ्ठादेखि घ्यूसमेत खरिद गरिदिन्छ ।

किसानका सामान उठाएबापत उनीहरू चाहिने चिनी, चियापत्ती, साबुनदेखि लत्ताकपडासमेत लैजान सक्ने छन् । पैसा चाहिने किसानलाई पैंचोले पैसासमेत दिन्छ । पैंचो गुल्मीमा स्थापना भएपछि त्यहाँका १२ हजार किसानका कृषिजन्य उत्पादन पैंचोमा बिक्री गर्छन् ।

पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले गुल्मीका किसानलाई आर्थिक रूपमा सबल बनाउन आफूहरू केन्द्रित भएको बताए । ‘राम्रो सिँचाइको सुविधा हुने भए यहाँ अझै धेरै किसानहरू तरकारी खेतीमा आकर्षित हुन्थे,’ न्यौपानेले भने, ‘सिँचाइ छैन । राज्यले यस्ता किसानहरूलाई अनुदान दिएर सिँचाइ सेवा उपलब्ध गराउनु पर्छ ।’ त्यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।

राज्यले बडीगाड खोलाका पानी लिफ्टिङ गरी त्यहाँ ल्याउन सकिन्छ । पर्याप्त सिँचाइ सुविधा भए गुल्मीका धेरै किसान व्यावसायिक तरकारी खेतीमा आकर्षित हुने थिए । अहिलेसम्म पैंचोमा ३७ हजार किसान जोडिएर काम गरेको न्यौपानेको भनाइ छ । 

पैंचोमा अहिलेसम्म २५ करोड रूपैयाँ लगानी पुगेको छ । पैँँचोले अहिले आफ्ना उत्पादनहरू देशभर पुर्‍याउँदै छ । अहिले बुटवल, भैरहवा र चितवनदेखि पोखरासम्म पुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x