पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आफैँद्वारा शासित प्रदेश नं २ आउनु प्रधानमन्त्री खड्ग प्रसाद शर्मा (केपी) ओलीका लागि मधेश आन्दोलनको बेलादेखि नै सपना र चुनौती रहँदै आएको छ । तर भदौ २ गते उहाँ प्रदेश नं २ को राजधानी आउने मात्र होइन, प्रदेशसभामा पनि सम्बोधन गर्दै हुनुहुन्छ ।
असम्भव के नै हुन्छ र शासकका लागि ? यहाँ प्रधानमन्त्रीका लागि शासक शब्दको आलंकारिक शब्द प्रयोग गर्नुका पछाडि खास कारण छ । वर्तमान प्रधानमन्त्री ओलीमाथि मधेश आन्दोलन उत्कर्षमा रहेको बेलामा आन्दोलनकारी दिनहुँ राज्यको बन्दुकको शिकार हुँदा ‘आँपको रुखबाट दुईचारवटा आँप झर्दैमा केही हुँदैन’ भनेको भनेर आरोप लाग्यो ।
त्यस्तै, जतिबेला मधेशमा पूर्वदेखि पश्चिमसम्म मानवसाङ्लो बनाई सांकेतिक आन्दोलन भएको बेलामा ऐतिहासिक मानव साङ्लोलाई ‘माखेसाङ्लो’ को संज्ञा दिनुभयो । यो कुराले मधेशी जनतालाई अहिले पनि नमीठो हुन्छ । परन्तु आफ्नो भनाइलाई अपव्याख्या गरिएको भनेर उहाँबाट खण्डनसमेत भइसकेको छ । तर यो कुरा मधेशी जनताले बिर्सिसके भनेर विश्वास गर्ने आधार छैन ।
प्रधानमन्त्री ओलीमाथि अर्को पनि आरोप लाग्ने गरेको थियो विगतमा, ‘नेपालमा गणतन्त्र ल्याउनु भनेको गोरुगाडामा बसी अमेरिका पुग्नु हो’ भनेर भन्नुभएको भनेर । तर समय परिवर्तशील हुन्छ भने कुरा कामरेडले बिर्सनुभएको थियो होला । आज नेपालले गणतान्त्रिक र संघात्मक रूप लिएको छ ।
समयले कोल्टे फेरेको छ । ओली नेपालको प्रदेश नं २ आउने आधिकारिक सूचना आमसञ्चारमा सम्प्रेषित भएको छ । आखिर यो कसरी सम्भव हुन पुग्यो त ? प्रधानमन्त्री ओलीको यात्रा संघीयता प्रवर्द्धनका लागि हुनेछ या फगत आफ्ना पार्टी विस्तारका लागि ? यिनै प्रश्नको वरिपरि यो आलेख केन्द्रित छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्रीको पद दिएर ओलीले मधेश राजनीतिको एक घटकलाई आफ्नो कित्तामा ल्याउनुभएको छ । अर्को घटक राष्ट्रिय जनता पार्टी – नेपाललाई पनि मधेश आन्दोलनको बेला मुद्दा लागेका नेताहरूलाई ‘अर्धरिहा’ गरेर लोभ्याइदिनुभएको छ ।
हो, दुई हप्ता पहिले मात्र प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री तथा महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर लगायत राजपाको केन्द्रीय महासचिवलाई साधारण तारेखमा रिहा गराउन सत्तापक्षको राम्रो हात रहेको सर्वसाधारणको बुझाइ रहेको छ । हिजो टीकापुर घटनाका आरोपितहरूलाई अदालतमा पहिलोपटक उपस्थित गराइएको थियो ।
यी राजनीतिक मुद्दाहरूमा राजनीतिक तवरबाट प्रक्रिया अगाडि बढाइएको छ । न्यायालयलाई सम्मान गर्नु हाम्रो दायित्व त हो र डर पनि । धेरै पहिला न्यायिक प्रक्रिया बढाइहाल्नुपर्ने राजनीतिक मुद्दाहरू शासकले आफ्नो उपयोगिताअनुसार बढाएको छ । रेशम चौधरी लगायतलाई पनि साधारण तारेखमा छाडियो भने अचम्म मान्नुपर्ने कुनै आधार छैन ।
यी सब पराजित मधेशवादीको आग्रहमा वर्तमान कम्युनिस्ट सरकारले दिएको सुविधा हो । साधारण तारिख भनेको यी दलहरूको घाँटीमा झुण्ड्याइदिएको तरवार हो । संविधान संशोधनको नाममा कुनै किसिमको चर्को आवाज उठाएका आरोपितहरूलाई पुनः गिरफ्तार गर्ने अधिकार संशोधन शब्द नरुचाउने सरकारले आफूमै निहित गरेको बुझ्नुपर्छ ।
अर्को प्रश्न, प्रम ओलीको यो मधेशयात्रा किन त ? वास्तवमा भन्ने हो भने मधेशवादी दलका कथित मसिहाहरू ओलीका कृपापात्रका रूपमा पूर्णतः परिणत भएका छन् । ओलीको मधेश भ्रमणको सपना पूरा गराई उनीहरू थोरै भएपनि ओलीले लगाइदिएको ऋण सिध्याउन तत्परता देखाउन खोज्दैछन् । तर राजनीतिमा जहाँ एउटा पक्ष विजेता र अर्को पराजित हुन्छ त्यस्तो परिस्थितिको लागि यो सामान्य घटना हुन्छ ।
दोस्रो विश्वयुद्घमा पराजित जापानको संविधान अमेरिकाका एक सेनाप्रमुखले लेखिदिएको इतिहास पनि छ ।
वास्तवमा भन्ने हो भने नेकपा अध्यक्ष ओली आगामी चुनावको तयारीस्वरूप मधेश झर्दै हुनुहुन्छ । मधेशको प्रदेश नं २ मा उहाँको तत्कालीन वामगठबन्धनले राम्रो परिणाम ल्याउन सकेको थिएन । भर्खरै जनकपुरका केही व्यापारी नेकपाका नवप्रवेशी बनेका छन् । उनीहरू हरेक चुनावको बेलामा कपडा फेरिएझैं पार्टी परिवर्तन गर्दै आएका देखिन्छन् ।
ओलीलाई लाग्दो हो, एकचोटि जनकपुर भ्रमण गरेर आमजनलाई प्रधानमन्त्रित्वको बोध गराउन सफल भइयो भने त्यहाँ पनि पार्टीको जनाधार थोरै बलियो बनाउन सफल भइहालिन्छ कि !
तर यसको सम्भावना खासै देखिँदैन । प्रदेशमा राजनीति गरिरहेका मधेशवादी दलका नेताहरू निरीह छन् । धेरैजसो निर्वाचित जनप्रतिनिधिहरूसँग ‘अफ द रेकर्ड’ कुराकानी गर्दा उनीहरूले प्रम ओलीको यो भ्रमणलाई रुचाएको बुझिँदैन । तर लाचारताको च्यादरमा उनीहरू बेरिएका छन् । भन्छन्, ‘पार्टी सुप्रिमोहरू नै हामीमाथि ह्विप जारी गर्छन् भने हामीसँग निरीह हुनुको विकल्प छैन ।’
जनकपुरका स्थानीय घनश्याम मिश्रका अनुसार, ‘मधेशवादी दलका केन्द्रीय नेताहरू गुहार लगाईरहेका छन् कि जेसुकै भएपनि जस्तो भएपनि संविधान संशोधन गरिपाऊँ, माइबाप !’
छिमेकी भारतका प्रधानमन्त्री कुनै पनि राज्यमा जाँदा केही आकर्षक आर्थिक प्याकेज लिएर जाने गर्छन् । विशेष प्रदेशको दर्जा दिने लोभको पोको लिएर जाने गर्छन् । आमजनमा विशेष उत्साह हुन्छ । तर प्रदेश नं २ मा देशको प्रधानमन्त्रीको सवारीको घोषणा भएपश्चात् पनि आमजनमा खासै उत्साह देखिएको छैन । बरू कतिपयमा आक्रोश छ ।
केन्द्र सरकारले प्रदेश सरकारप्रति देखाएको रवैयाका कारण जनता खासै खुशी छैनन् । तैपनि मधेशमा व्याप्त राजनीतिक सन्नाटाका बीच प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको प्रदेश २ ले रोमान्चक प्रतीक्षा गरिरहेको छ ।
E-mail: [email protected]
Twitter: @randhirJNK
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...