×

NMB BANK
NIC ASIA

अनुमति नलिइ कक्षा सञ्चालन गर्ने विद्यालय कारबाहीमा

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषा- अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयको शिक्षा विकास तथा समन्वय इकाइले बिहीबार एक सूचना जारी बन्द गर्न निर्देशन दिएकाले गैर कानूनी रुपले सञ्चालित त्यस्ता विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् । 

उक्त इकाइका उपसचिव तथा निमित प्रमुख मिहिलाल यादवले त्यस्ता विद्यालय र कक्षा बन्द नगरिएमा कानूनअनुसार कारबाही गरिने बताउनुभयो । जनकपुर उपमहानगरपालिकालगायत विभिन्न नगरपालिका र गाउँपालिकामा बिना अनुमति विद्यालय सञ्चालन भइरहेका छन् भने कतिपय विद्यालयले तल्लो कक्षाको अनुमति लिई माथिल्लो कक्षासमेत सञ्चालन गर्दै आइरहेका छन् । 

जनकपुर उपमहानगरपालिका–४ स्थित एजुकेसन प्वाइन्ट स्कूलले कक्षा १ को मात्र अनुमतिपत्र लिए पनि कक्षा १० सम्म सञ्चालन गरिरहेको छ । उक्त स्कूलले ०७४ असार अन्तिम साता कक्षा ८ सम्मको अनुमति मागे पनि पाउन सकेको थिएन तर विद्यालय भने कक्षा १० सम्म चलेको शिक्षा कार्यालयको अनुगमन टोलीले बतायो । 

Muktinath Bank

विसं.२०६६ मा कक्षा १ सञ्चालन गर्ने अनुमति पाएको एजुकेसन प्वाइन्टले ०७२ मा मात्र कम्पनी दर्ता गराएको र ०७४ मा बैंकमा धरौटी रकम जम्मा गरेकाले विद्यालयको अनुमति शंकास्पद बनेको उक्त एकाइका उपसचिव मेहिलाल यादवले बताउनुभयो । 

जिल्लामा अनुमति नलिएका निजी विद्यालयले कीर्ते कागजात बनाइ कक्षा सञ्चालन गर्दै आएको पनि पाइएको छ । मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएका विद्यालयले कक्षा विस्तारका लागि जनकपुर उपमहानगरपालिकामा आवेदन दिएकाले साविकको जिल्ला शिक्षा कार्यालयको कागजात कीर्ते गरी निजी विद्यालय सञ्चलन भएको तथ्य खुलेको हो । 

जिल्ला शिक्षा कार्यालयका तत्कालीन उपसचिव यादवको संयोजकत्वमा गठित सात सदस्यीय अनुगमन टोलीले ०७४ असार २५ देखि साउन १ गतेसम्म जनकपुर श्रोत केन्द्रअन्तर्गतका विद्यालयको अनुगमन गरी दिएको प्रतिवेदनमा १२ विद्यालय पूर्णरूपले बन्द गर्नुपर्ने उल्लेख छ । कुनै पनि कागजात नभएका १२ विद्यालय पूर्णरूपले बन्द गर्न र बाँकी अन्य विद्यालयका कागजात शंकास्पद देखिएकाले छानविन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

गैर कानूनीरूपले सञ्चालित विद्यालय बन्द गर्ने प्रतिवेदन बुझाउनुभएका उपसचिव यादवमाथि कार्यालयकै कर्मचारीबाट कार्यालयमै कुटिपिट भएको थियो । तत्कालीन शिक्षा अधिकारी महेन्द्र महतोकै संलग्नतामा यहाँका कर्मचारीले उपसचिव यादवमाथि हातपात गर्न लगाएर उक्त प्रतिवेदन कार्यान्वयन हुन नदिएको निजी विद्यालय सङ्गठन प्याब्सनका जिल्ला अध्यक्ष विश्वलाल सिंहले बताउनुभयो । अनुगमन टोलीलले ३३ निजी विद्यालयको अनुमतिपत्रमा छानविन गरी प्रतिवेदन बुझाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x