×

NMB BANK
NIC ASIA

विश्व जैमिनी समाजको अध्यक्षमा घोडासैनी

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जैमिनी ऋषिका सन्तान अर्थात् जैमिनी गोत्र भइ विश्वभरि बसोबास गर्दै आएका विभिन्न जातजाति तथा थरका व्यक्तिलाई एकै पारिवारिक सुत्रमा जोड्ने उद्देश्यले विश्व जैमिनी समाजको गठन गरिएको छ ।

Muktinath Bank

विश्व जैमिनी समाजको नेतृत्वको लागि टिकाराम आर्य घोडासैनीको अध्यक्षतामा ३३ सदस्यीय समिति चयन गरिएको छ । पारिवारिक गोत्रको पहिचान र भावी पुस्ताबीच गोत्रको प्रचारप्रसार समितिमार्फत् जैमिनी सन्तानको पहिचान, संरक्षण, सम्बद्र्धन र सही सम्बन्ध स्थापित गर्न समितिको स्थापना  भएको अध्यक्ष घोडासैनीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जैमिनी गोत्रका सन्तानहरू नेपाल, भारत, भुटानमा धेरै परिवार रहेको र अन्य देशमा पनि छरिएर रहेको जनाइएको छ । नेपालका करीब ५२ जिल्लामा रहेका जैमिनीका सन्तान २–३ पुस्तामा मात्रै पनि धेरै ठाउँमा फैलिएको इतिहास छ । भारतमा पनि जैमिनी ऋषिको नामको विभिन्न ठाउँ तथा स्कूलको नामाकरण गरिएको पाइन्छ ।


Advertisment
Nabil box
Kumari

ऋषि परम्पराको अग्रपंक्तिमा रहेका महर्षि जैमिनीको जन्मस्थान र तपस्थली रहेको जैमिनीघाट कालीगण्डकीको पश्चिम किनार काली र ठेउले खोलाको दोभान म्याग्दी जिल्लामा पर्छ । जसलाई ज्यामिरघाट पनि भनिन्छ ।

Vianet communication
Laxmi Bank

जैमिनी ऋषिको उद्गम र तपोभूमि ज्यामिरघाट भएपनि पछि भारतको कन्यौजगढमा गएको अनुमान गरिएको छ । त्यसपछि जैमिनीका सन्तान महादेव र नलभोग जोशी भारतमा भएको राजनीतिक तथा धार्मिक प्रभावका कारण इसाईले सनातन धर्मका मानिसलाई धर्मान्तरण गर्न दबाब दिन थालेपछि सनातन धर्म जोगाउन नेपालको अछाम जिल्लास्थित घोडासैनमा बसेको बताइन्छ ।

घोडासैन गाविसको नामाकरण पनि महादेव जोशीको परिवारबाट रहेको किम्बदन्ती छ । एउटा किम्बदनी अनुसार धार्मिक निष्ठाको परीक्षण गर्न १ जना राजाले आफ्नो घोडा आगनमा सुकाएको बिस्कुनमा छोडिदिए । घोडाले बिस्कुन खाँदा समेत महादेव जोशीको ब्राह्मणी घरबाहिर निस्किनन् । सहेर बसिरहिन । त्यो देखेर राजाले तिनका सन्तानलाई घोडालाई सहने घोडासैनी भन्न थालेको र पछि गएर यिनका सन्तान विभिन्न जिल्लामा फैलिएको उल्लेख छ ।

नेपालका विभिन्न जिल्लाका घोडासैनी शब्दको भाषिक, उच्चारणको कारण अपभ्रंश भएर धेरै जैमिनी सन्तान घोडासैनी, घोरसाई, घोरासैनी, घोसार्ने, शर्मा, जैसी, जोशी, उपाध्याय लेखेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x