×

NMB BANK
NIC ASIA

बोटे बस्तीमा सधैँ नारायणी नदीको भङ्गालोको त्रास

भदौ १, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नवलपुर – बर्सेनि वर्षातको समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे बस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर बस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् । 

Muktinath Bank

नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गास पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’’ आफूले थाहा पाउँदा नदी बस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले बर्सेनि बस्तीतर्फ बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाउनुभयो । अघिल्लो वर्षमात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उहाँले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

बाढीको त्रासले वर्षात्को समयमा पूर्वसूचनाका लागि स्थानीय १० जनाको समूह बनाएर रातको समयमा जाग्राम बस्ने गरेको उहाँको भनाइ छ । कटान बढेसँगै व्यक्तिका जग्गा बगरमा परिणत भएकोे अर्का स्थानीयबासिन्दा इन्द्र बोटेले गुनासो गर्नुभयो । माझी, मुसहर र बोटे कल्याण सेवा समितिकी सामाजिक परिचालका समेत रहनुभएकी उहाँ भन्नुहुन्छ, “उत्पादनयोग्य जमीन बगरमा परिणत हुनु, पशुपालनका लागि घाँस ल्याउन पनि आरक्षमा कडाइ हुनुजस्ता समस्याका कारण सर्वसाधारणको जीविकोपार्जनमा दिन प्रतिदिन कठिनाइ परेको छ । 

Vianet communication
Laxmi Bank

भएको जमीन उपयोगविहीन भएपछि विकल्पका रुपमा माछा मार्ने, तामा काट्ने र निउरो खोजेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको सो क्षेत्रका बासिन्दा सुकमाया बोटे बताउनुहुन्छ । पूर्णरुपमा कटान नियन्त्रण गर्न नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्नुका साथै त्यसमाथि बाटो बनाउनसके उक्त क्षेत्रको बस्ती जोगाउन सकिने प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको भनाइ छ । 

यसैबीच साउनको दोस्रो साता उक्त क्षेत्रको अवलोकन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्थानीय बासिन्दाले कटान नियन्त्रण गरी बस्ती सुरक्षाको सामूहिक माग गरेका थिए । गुनासो सुन्दै मुख्यमन्त्री गुरुङले तत्कालीन र दीर्घकालीन योजनाका साथ नारायणी नदी नियन्त्रणका साथै प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले उचित पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पूर्णरुपमा नदी नियन्त्रणसहित सोही तटबन्धलाई सडक पूर्वाधारकारुपमा विकास गर्न अर्बांै रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उक्त कार्यका लागि सङ्घ सरकारसँग माग गरेर समस्याको स्थायी समाधान गर्नेतर्पm प्रदेश सरकार लाग्नेछ । 

नवलपुरको गैँडाकोटदेखि बोटे बस्तीसम्मको लगभग ४४ किलोमिटर नारायणी नदीको कटान रोक्नका लागि जनता तटबन्धन कार्यक्रम चितवनले सञ्चालन गरे पनि नवलपुरतर्पm प्रभावकी नदेखिएको प्रदेशसभा सदस्य रोशनबहादुर गहामगर बताउनुहुन्छ । कावासोती नगरपालिका वडा नं ११ र १२ मा सबैभन्दा बढी कटान भएको बताउँदै उहाँ भन्नुहुन्छ, “नारायणी नदीमा वर्षादका कारण बहाव बढ्ने र त्रिवेणी सुस्ता गण्डक नहर बाँध भारतको तर्फबाट पूरै ढोका नखोल्दा प्रत्येक वर्ष कटानको खतरा बढ्ने गरेको छ ।” 

नारायणी नदीको पूर्व चितवन राष्ट्रिय निकुञ्जतर्फ नदीजन्य वस्तुको निकासीमा कडाइ हुनु र पश्चिमतर्पmको बस्तीमा चोरी निकासी बढेका कारण नदीको भङ्गालो सोझिएको नवलपुर जिल्लातर्फको क्षेत्रमा सङ्घीय र प्रदेश सरकारले तत्काल स्थायी तटबन्ध निर्माण गरी कटान रोक्नु अपरिहार्य रहको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x