×

NMB BANK
NIC ASIA

वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोरीले दिइन् दागवत्ती

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली- हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । 

Muktinath Bank

केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उहाँको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स)मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि बिहीबार ९३ बर्षको उमेरमा वाजपेयीको निधन भएको हो । 


Advertisment
Nabil box
Kumari

अन्त्येष्टि समारोहमा राष्ट्रपति राम नाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति भेनकाय नाइडु, गृह मन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टी (विजेपी)का अध्यक्ष अमित शाह, रक्षा मन्त्री निर्मला सितारमण, विजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी लगायतका विशिष्ट व्यक्ति तथा नेताहरु सहभागी हुनुभएको थियो । 

Vianet communication
Laxmi Bank

त्यसैगरी भूटानका राजा जिङमे केसर नाम्गेल वाङचुक, बङ्लादेशका विदेश मन्त्री अबुल असन मोहमुद अली, श्रीलङकाका कार्यबहाक विदेश मन्त्री लक्ष्मण किरएला र अफगानिस्तानका पुर्व राष्ट्रपति हमिद कार्जाइ पनि वाजपेयीको अन्त्यष्टी समारोहमा सहभागी हुनुभएको थियो । 

निधनपछि बिहीबार राती वाजपेजीको शव दिल्लीमा रहेको उहाँको निवासमा राखिएको थियो भने उहाँलाई श्रद्धाञ्जलि दिन शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको थियो । त्यसपछि उहाँको शवयात्रा निकालेर अन्त्येष्टी स्थलमा लगिएको थियो । 

तीन पटक मुलुकको प्रधानमन्त्री बन्नु भएका प्रिय नेता वाजपेयीको अन्तिम विदाईपछि भारतमा अहिले शोक छाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x