×

NMB BANK
NIC ASIA

सिँचाइमन्त्री र सचिवको ‘अनुचित दबाब’ काण्ड छताछुल्ल, चारसय कर्मचारी विरोधमा

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ८ फागुन – सिँचाइसचिव गजेन्द्र कुमार ठाकुरले विभिन्न नाममा अनुचित दबाब दिएर आतंक सिर्जना गरेको भन्दै उनका विरुद्ध चारसय कर्मचारी खनिएका छन् ।
फोटोमा मन्त्री (बायाँ) र सचिव
तेईसजना सहसचिवसहित चारसय कर्मचारीले हस्ताक्षर संकलन गरेर उनलाई सिँचाइ मन्त्रालयबाट हटाउन माग गरेका छन् । सहसचिवसहित सयौं कर्मचारीले हस्ताक्षरै संकलन गरेर बहालवाला सचिव हटाउन माग गरेको निजामती सेवामा यो दुर्लभ घटना हो ।

सचिवले अनुचित दबाब दिएको, कार्यसम्पादन मूल्यांकन बिगारिदिन्छु, जागिरै खोसिदिन्छु भनेर आफूहरूलाई धम्काएको, अनुचित काममा दबाब दिएको लगायतका आरोप कर्मचारीले लगाएका छन् । उता सचिव ठाकुरले चाहिँ आफूले सिँचाइमन्त्री दीपक गिरीको निर्देशनमा काम गरेको गम्भीर आरोपसहितको प्रतिक्रिया लोकान्तरलाई दिएका छन् ।

योसँगै सिँचाइ मन्त्री दीपक गिरी, सचिव ठाकुर र मातहतका निकाय एवं त्यहाँ काम गर्ने सयौं कर्मचारीहरूबीचको विवाद छताछुल्ल भएको छ ।

सचिव ठाकुरले कर्मचारीलाई विभिन्न अनुचित काममा दबाब दिनुका साथै मर्यादा नाघेर धम्क्याएको, वृत्ति विकास रोकेको, कार्यसम्पादन मूल्यांकनको त्रास देखाएर तर्साएको कर्मचारीहरूले तयार पारेको हस्ताक्षरपत्रमा उल्लेख छ ।  (कर्मचारीको आग्रहमा हस्ताक्षरसहितको कागजी विवरणलाई हामीले सार्वजनिक नगरेका हौंं)

सिँचाइमन्त्री गिरीसमक्ष सिँचाइ विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका प्रमुख (सहसचिव स्तर) सहित तीनसय कर्मचारीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाइसकिएको छ । उक्त ज्ञापनपत्र बुझाइपछि थप एकसय कर्मचारीको हस्ताक्षर संकलन भएको छ ।

सिँचाइ विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र केन्द्रमा सहसचिव प्रमुख रहन्छन् । सिँचाइसचिव ठाकुरलाई हटाउन माग गर्दै तयार पारिएको ज्ञापनपत्रमा सिँचाइ विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी, जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी र केन्द्रकी प्रमुख (सहसचिव) सरिता दवाडीले क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा हस्ताक्षर गरेका छन् ।

उनीहरूले हस्ताक्षर गरेपछि देशैभरका सिँचाइ मन्त्रालय मातहतमा काम गर्ने ४०० कर्मचारीले हस्ताक्षर गरेका हुन् । सचिव ठाकुरलाई नहटाए काम गर्न नसकिने चेतावनी उनीहरूले दिएका छन् । सहसचिवसहित चारसय कर्मचारीले हस्ताक्षर गरेर बहालवाला सचिव हटाउन माग गरेको निजामती सेवामा यो सम्भवतः यो पहिलो घटना हो ।

‘अति भएपछि यो कदम चाल्न बाध्य भएका हौं,’ सिँचाइ विभागका महानिर्देशक अधिकारीले लोकान्तरसँग भने, ‘सचिव ठाकुरको कर्मचारीप्रतिको व्यवहार अत्यन्तै रुखो, ठाडो र धम्क्याउने खालको छ । उहाँसँग कोही पनि खुशी छैनन् । काम गर्ने वातावरण नभएपछि यो कदम चाल्न बाध्य भएका हौं ।’

अधिकारीकै नेतृत्वमा गत शुक्रवार गएको एक प्रतिनिधि मण्डलले सिँचाइमन्त्री गिरीलाई भेटेर सचिव हटाउन माग गरेको थियो । मन्त्री गिरीले समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका थिए ।

‘सचिवको व्यवहार निम्नस्तरको’

महानिर्देशक अधिकारीले सचिव ठाकुरले कर्मचारीसँग गर्ने व्यवहार न्यूनतम मर्यादा र अनुशासनभित्र पनि नरहेको उल्लेख गरे । ‘सचिवजस्तो व्यक्तिले यति तल्लो स्तरमा उत्रेर हामी कर्मचारीहरूसँग अप्रोच (व्यवहार गर्नुहुन्छ) कि त्यो भन्दै लाज लाग्छ,’ उनले थपे, ‘मलाई मात्र होइन, सचिवको व्यवहार सिँचाइ मन्त्रालय मातहतमा काम गर्ने सयौं कर्मचारीलाई पाच्य छैन ।’

मन्त्रालय स्रोतका अनुसार केही दिनअघि पनि सचिव ठाकुरले महानिर्देशक अधिकारीलाई फोन गरेर धम्क्याएका थिए । जम्मा तीन महिना मात्र महानिर्देशकका रूपमा काम गरेका यसअघिका सुशीलचन्द्र तिवारीलाई हटाएर उनै ठाकुरले अधिकारीलाई सिँचाइ विभागको महानिर्देशक बनाएका थिए । सचिव ठाकुरले नै तपाईंलाई महानिर्देशक बनाउनुभएको थियो, अहिले केमा तपाईंहरूको कुरा मिलेन ? लोकान्तरको यो प्रश्नमा अधिकारीले भने, ‘मेरो मुखबाट भन्न नलगाउनुहोस्, प्रमाण नहुने भएकाले मैले संवेदनशील कुरा गर्न मिल्दैन । तर उहाँको व्यवहार निम्नस्तरको छ । कोही पनि उहाँसँग काम गर्न तयार छैनन् ।’

हस्ताक्षरकर्ताले सचिवमाथि लगाएका आरोप

सिँचाइ विभागकै सिनियर डिभिजनल इन्जिनियर देवराज निरौलाले सिँचाइसँग सम्बन्धित कार्यालयमा काम गर्ने कर्मचारीहरूले देशैभरबाट हस्ताक्षर अभियानमा सहभागिता जनाएको बताए । ‘सविच हटाउन माग गर्दै २३ जना सहसचिव स्तरका कर्मचारीले हस्ताक्षर गर्नुभएको छ भने अहिलेसम्म ४०० जना विभिन्न तहका कर्मचारीले हस्ताक्षर गरिसक्नुभएको छ,’ निरौलाले लोकान्तरसँग भने, ‘यो क्रम बढ्दो छ । देशैभरका कर्मचारी सचिवको व्यवहारबाट क्रुद्ध थिए । अहिले आएर विस्फोट भएको मात्र हो ।’ उनका अनुसार देशैभरबाट फोन र इमेल गरेर सचिव हटाउन दबाब बढेको छ ।

निरौलाका अनुसार कार्य सम्पादन मूल्यांकन रेटिदिन्छु भनेर सचिव ठाकुरले शुरुदेखि नै कर्मचारी आतंकित पारेका थिए । उनी गएको २८ जेठमा सिँचाइ मन्त्रालयमा सचिवमा सरुवा भएर आएका हुन् । सचिव हटाउन माग गर्ने कर्मचारीहरूले १८ बुँदा उल्लेख गर्दै ठाकुरको कार्यशैलीप्रति विमति प्रकट गरेका छन् ।

सचिव ठाकुरले कर्मचारीको कार्यसम्पादन मूल्यांकन घटाइदिने (भविष्य बिगार्ने) भनेर धम्की दिएको, स्वीकृत भइसकेका विदेश अध्ययन र भ्रमणका कार्यक्रम अन्तिममा रोकेको, कतिपयको प्रक्रियाका गइसकेका वृत्तिविकासका फाइल रोकेको, आयोजना प्रमुख र संयोजकहरूलाई मनपरी सरुवा गरेको, सरुवा गर्दा कुनै कारण नखुलाएको, सरुवा गरिसकेपछि त्यसको बोधार्थ कतै नदिएको, सिँचाइ सम्बन्धी गुरुयोजनाका फाइलहरू स्वीकृत नगरी रोकेर राखेको, कर्मचारीलाई विनाकारण राजीनामा दिन बाध्य पारेको लगायतका आरोप कर्मचारीले लगाएका छन् ।

मलाई राजीनामा दे भन्नुभयो, तपाईंले टीका लगाएर दिएको पद होइन भनें : सहसचिव दवाडी

हाल जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी प्रमुख (सहसचिवसरह) रहनुभएकी सरिता दवाडीलाई सचिव ठाकुरले केही महिनाअघि बेस्सरी थर्काए । दवाडी सिँचाइ विभागमा उपमहानिर्देशक भइसकेकी कर्मचारी हुन् ।

सचिव ठाकुरले उनलाई मर्यादाक्रममा घटुवा गर्दै उपमहानिर्देशको तल बसेर काम गर्ने एक परियोजनामा सरुवा गरे । त्यसमा चित्त नबुझेपछि दवाडीले शुरुमा सिँचाइ मन्त्री गिरीलाई भेटेर सचिवले आफूमाथि अन्याय गरेको बताइन् । मन्त्री गिरीले आफूले सचिवले जे ल्लाए त्यसैलाई सदर मात्र गरेको र कुन वरिष्ठ हो वा कनिष्ठ हो भन्ने जानकारी नलिएको जवाफ दिए । त्यसपछि दवाडी सचिव ठाकुरलाई भेट्न उनको कार्यकक्षमा गइन् ।

‘मलाई अन्याय भयो सचिवज्यू, म उपमहानिर्देशक भइसकेको कर्मचारी । मभन्दा कनिष्ठको मुनि बसेर काम गर्ने ठाउँमा किन सरुवा गर्नुभएको भनेर मैले सोधें’, दवाडीले लोकान्तरसँग भनिन्, ‘खुरुक्क मैले सरुवा गरेको ठाउँमा गएर काम गर्नुहोस् । मन छैन भने राजीनामा दिए हुन्छ भनेर सचिवले ठाडो जवाफ दिए ।’

सहसचिव दवाडीका अनुसार सचिवले ठाडो जवाफ दिएपछि उनले पनि कडै जवाफ फर्काइन् । ‘मलाई यस्तो नराम्रो गरी थर्काउने ? तपाईंले टीका लगाएर दिएको पद हो र राजीनामा गर्नलाई ? मलाई तपाईंको व्यवहार ठीक लागेन । अन्याय सहेर बस्दिनँ ।’ सचिवलाई उनले यसरी जवाफ फर्काएकी थिइन् ।

दवाडीका अनुसार सहसचिव स्तरका कर्मचारीलाई सरुवा गर्दा उनीहरूलाई शुरुमै जानकारी दिइन्छ र सामान्यतया सरुवा गर्न लागेको ठाउँबारे सोधिन्छ पनि । तर सचिव ठाकुरले उनलाई सरुवा गर्नुअघि एक शब्द पनि सोधेका थिएनन् ।

‘शायद मैले सचिवको अपेक्षा पूरा गर्न सकिनँ होला र मलाई त्यस्तो अन्याय गरियो होला,’ दवाडीले भनिन्, ‘सरुवामा हुने अनेक प्रलोभन र अनुचित लाभका बारेमा मैले सचिवको इच्छा पूरा गर्न नसकेकाले पनि मलाई त्यस्तो व्यवहार गरिएको हुनसक्छ,’ उनले लोकान्तरसँग भनिन् । सचिवले आफूलाई मात्र होइन, सयौं कर्मचारीलाई उस्तै दुःख दिएको उनको भनाइ छ ।

२५ सहसचिवको शंकास्पद सरुवा

केही महिनाअघि सचिव ठाकुरले सिँचाइ मन्त्रालय मातहतका २५ सहसचिवस्तरका कर्मचारीको सरुवा गरे । त्यो सरुवामा कुनै कारण र आधार खुलाइएन । उनले सरुवा गरे र मन्त्री गिरीले त्यसलाई सदर गरिरहे । ‘यतिसम्म कि सहसचिवको सरुवा गरेपछि विभिन्न निकायमा दिनुपर्ने बोधार्थ समेत दिइएन,’ सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर देवराज निरौलाले लोकान्तरसँग भने, ‘त्यसबाट सचिवको नियत त प्रस्टै भयो नि ।’

मन्त्रीले सरुवा गरेका हुन्, भ्रष्टचारको जालो तोडिने डरले कर्मचारी मदेखि तर्सेका हुन् : सचिव ठाकुर

सिँचाइ सचिव गजेन्द्र ठाकुरले कर्मचारीहरूको सरुवामा आफ्नो हात नरहेको दाबी लोकान्तरसँग गरेका छन् । उनले सिँचाइमन्त्री दीपक गिरीले नै पछिल्लो समयमा कर्मचारीहरूको व्यापक सरुवा गरेको आरोप लगाए ।

‘सरुवाको सबै काम मन्त्रीज्यूले गर्नुभएको हो र मन्त्रालयका अरू महत्त्वपूर्ण काम पनि मन्त्रीज्यू स्वयंबाट हुँदै आएका छन्,’ उनले भने, ‘सचिवले कर्मचारीको सरुवा गर्न सक्दैन भन्ने त तपाईंलाई थाहै होला ।’ साथै उनले कर्मचारीको सरुवाको विषयमा आफूले अनुचित दबाब दिएको भन्ने विषय गलत रहेको बताए ।

‘अनुचित दबाब वा प्रलोभनका लागि मैले सरुवा गरेको छैन । त्यसो गरेको केही प्रमाण छ भने लिएर आउनुहोस्, कानूनी राज्य हो, बसेर छलफल गरौंला,’ उनले भने ।

कर्मचारीले आफ्नाविरुद्ध आन्दोलन गरेको थाहा नभएको उनले बताए । बरू कर्मचारीहरू आफूहरूको जालो तोडिने डरले आन्दोलनमा उत्रिएको उनले दाबी गरे ।

सरुवाको क्रममा लामो समयदेखि एकै ठाउँमा बसेर भ्रष्टाचार गरिररहेका कर्मचारीको जालो तोड्ने कोशिश भएको र त्यो जालो तोडिने भएपछि कर्मचारीहरू आन्दोलनमा लागेको आरोप सचिव ठाकुरले लगाए ।

‘आफूहरूको हालीमुहाली तोडिन्छ भनेर कर्मचारीहरू डराएका हुन्,’ उनले भने, ‘भ्रष्टाचार गर्नेहरूको जालो त निकै लामा हुन्छन् नि !

म त्यस्तो मान्छे होइन, सचिव हटाउँछु : मन्त्री गिरी

सिँचाइमन्त्री दीपक गिरीले अनुचित लाभ, दबाब र कामका लागि आफूले सचिव ठाकुरमार्फत कुनै काम नगरेको दाबी गरेका छन् । तपाईंले सचिव ठाकुरलाई दबाब दिएर अनुचित काम गराइरहेको आरोप छ भनी लोकान्तरको प्रश्नमा मन्त्री गिरीले भने, ‘सचिव मन परेन भनेर कर्मचारी मकहाँ आएका थिए । मैले समाधान गर्छु भनेको हुँ । तर मैले नै अनुचित दबाब दिएको भनेर सचिवले भनेका हुन् भने त्यो गलत हो ।’

मन्त्री गिरीले आउँदो मन्त्रिपरिषद् बैठकमा सिँचाइसचिव ठाकुरलाई हटाउने प्रस्ताव लैजाने बताए । ‘आजै मन्त्रिपरिषद् बैठक भएको भए आजै प्रस्ताव लैजान्थें’, उनले लोकान्तरसँग भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकमा सचिव ठाकुरलाई हटाउन प्रस्ताव लैजान्छु र हटाएरै छोड्छु । उनले आफू दोषी नभएको तर सचिवका काममा शंका रहेको आरोप लगाए ।

मन्त्री गिरीले आफू लोकतन्त्रका लागि लडेको, दुःख गरेको र धेरै संघर्ष गरेर पहिलोपटक बल्लबल्ल मन्त्री भएको भन्दै आफूविरुद्ध कसैले षड्यन्त्र गरेको हुनसक्ने बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x