×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको प्रयास असफल, यसरी भएरै छाड्यो सम्बोधन बहिष्कार !

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधनको कार्यक्रममा उपस्थित भएका राजपा नेपालका ३ जना सांसदले बहिष्कार गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सभा सञ्चालनको घन्टी बजे लगत्तै सभामा सभामुख सरोजकुमार यादव र प्रधानमन्त्री ओली उपस्थित भएपछि राष्ट्रिय गान बज्यो । राष्ट्रिय गान पूरा भएलगत्तै सभामुख सरोजकुमार यादवले बैठक सञ्चालन हुन्छ भनेका के थिए, राजपा नेपालका ३ जना सांसद उठेर बोल्न थाले । सर्लाहीका सांसद उपेन्द्र महतो, सर्लाहीकै अर्का सांसद गौरी नारायण साह र सप्तरीका सांसद बिक्की यादवले उठेर प्रधानमन्त्री ओलीको सम्बोधनको विरोध गर्न थाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख यादवले ‘आज सांसद ज्यूले बोल्न पाउनुहुन्न, तपाईंहरू बस्नुस्’ भन्दा पनि उनीहरूले मानेनन् । प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य र आवश्यकता नरहेको भन्दै बैठक सम्बोधनलाई बहिष्कार गर्दछौं भन्दै उनीहरू प्रदेश सभाबाट बाहिरिएका थिए ।


Advertisment
Nabil box
Kumari

‘अचानक प्रम ओलीलाई प्रदेश सभामा आएर सम्बोधन गर्ने मन भयो, उहाँ आइहाल्नुभयो । न त उहाँको आज जन्मदिन थियो, न त कुनै विशेष अवसर वा विशेष परिस्थिति,’ बैठक बहिष्कार गरेर बाहिरिएका सांसद महतोले लोकान्तरसँग भने, ‘एकातर्फ मधेश आन्दोलनका जायज मागहरू सम्बोधन भएका छैनन्, हाम्रा निर्वाचित जनप्रतिनिधि रेशम चौधरीमाथि झूटा मुद्दा लगाएर जेलमा थुनिएका छन्, सांसदको प्रमाणपत्रसम्म दिएका छैनन्, संविधान संशोधन भएको छैन, त्यसकारण प्रम ओलीको सम्बोधन बहिष्कार गरेका छौं ।’

Vianet communication
Laxmi Bank

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजा समेत रहेका महतोले भने, ‘विगतमा पनि मधेश आन्दोलनका समयमा ओलीले मधेश विरोधी अभिव्यक्ति दिएर जनता मात्र होइन, शहादत दिने सहिदको समेत अपमान गरेका थिए । ओलीले प्रदेशमा आउनुभन्दा पूर्व मधेशी जनतासँग माफी माग्नुपर्थ्यो ।’ बहिष्कार गर्ने सांसद विगतमा राजेन्द्र महतोले नेतृत्व गर्ने सद्भावना पार्टीको पृष्ठभूमिका हुन् ।

सम्बोधन अगावै प्रधानमन्त्रीसँग वार्ता

राजपा नेपालका केही सांसदले सम्बोधनलाई बहिष्कार गर्न सक्ने कुरा सञ्चारमाध्यममा पहिले नै आइसकेपछि प्रदेश सभामा पुग्ने बित्तिकै प्रधानमन्त्री ओलीले महतोलाई बोलाएर सम्झाउने प्रयास गरेका थिए । सभामुखको कार्यकक्षमा बोलाएर ओलीले बहिष्कार नगर्न भनेर महतोलाई सम्झाएका थिए ।

‘प्रधानमन्त्री ओलीले मलाई बोलाएर विश्वमा कहीँ पनि प्रधानमन्त्रीले गर्ने विशेष सम्बोधनका क्रममा कुनै पनि सांसदले बहिष्कार गर्ने चलन छैन, तपाईं पनि बहिष्कार नगर्नुस् भनेर मलाई भन्नुभएको थियो,’ महतोले लोकान्तरसँग भने, ‘तर, रेशम चौधरीको सपथ ग्रहण तथा रिहाइको कुरा प्रम ओलीसँग भन्दा कानूनको प्रक्रिया हो । अदालतमा चलेको कुरा हामीले हस्तक्षेप गर्न मिल्दैन । तै पनि केही प्रक्रिया अगाडि बढाएको छु भनेर उहाँले जवाफ दिनुभएको छ ।’

प्रधानमन्त्री ओलीले राजपाको शीर्ष नेतृत्व र अध्यक्ष मण्डलसँग वार्ता र छलफल भइरहेको भनेर असन्तुष्ट सांसदलाई मनाउन खोजेपनि सांसदले मानेनन् । मधेशका जनताको जनप्रतिनिधि रहेकाले आफूले विरोध गर्न पाउनुपर्ने सोचेर नै बैठक बहिष्कार गरेको महतोले बताए । बैठक बहिष्कार नगर्न भनेर सभामुख सरोजकुमार यादव र राजपा संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनलले समेत महतोलाई भनेका थिए ।

महतोका अनुसार संसदीय दलका नेता तथा सरकारमा राजपाको तर्फबाट नेतृत्व समेत गरिरहेका भौतिक विकास मन्त्री सोनलले ‘बरु सदनमा उपस्थित नै नहुनुस्, सिधा बहिष्कार गर्नुस्, तर सदनमा उपस्थित भइसकेपछि प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गर्न मिल्दैन, नगर्नुस्’ भनेर निर्देशन नै दिएका थिए । संसदीय दलका नेता सोनलले स्पष्टीकरण सोध्छन् भने जवाफ दिन वा कारवाही भोग्न तयार रहेको महतोले बताए ।

राजपाका तर्फबाट सदनमा उपस्थित भएका मन्त्री रामनरेश राय यादवले भने सांसदले बहिष्कार गर्न पाउने उनको स्वतन्त्रता रहेको भन्दै बचाउ गरेका छन् । ‘सम्बोधन बहिष्कार गरेर माननीय ज्यूहरूले कुनै गल्ती गर्नुभएको छैन, त्यो उहाँहरूको अधिकार हो, कारवाही हुने कुरै आउँदैन,’ मन्त्री यादवले लोकान्तरसँग भने ।

प्रधानमन्त्रीको शनिवारको विशेष सम्बोधनमा १ सय ७ जना सांसदमध्ये २१ सांसद अनुपस्थित थिए । राजपाका ३ जना सांसदले बहिष्कार गरेपनि सदनमा उपस्थित सांसदहरू रामनरेश राय, जयनुल राईन, जितेन्द्र सोनल, अन्जु कुमारी, जानकी शरण साह, निलम देवी भुमिहारनी, नेत्रविक्रम साह, बाबुलाल साह कानु, बिन्देश्वर प्रसाद यादव, रमेश प्रसाद कुर्मी, बबिता कुमारी चौधरीले सदनमा सम्बोधन सुनेका थिए ।

शनिवारको बैठकमा राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, मन्त्री नाबालकिशोर साह सूडी, राज्यमन्त्री डिम्पल झा, अभिराम शर्मा, सुरेशकुमार मण्डल, सांसद अल्का झा, नीराकुमारी साह, मनिषकुमार सुमन, रानी कुमारी तिवारी, सुरीता कुमारी साह, रीना यादव अनुपस्थित थिए ।

‘सरकारको निर्देशन अनुसार सत्तापक्षका सांसद सदनमा उपस्थित भएपनि सम्बोधनका क्रममा सत्ता पक्षका कुनै पनि सांसदले थपडी बजाएनन्,’ संघीय समाजवादी फोरम नेपालका सांसद राम आशिष यादवले भने, ‘प्रम ओलीको सम्बोधनले सत्तापक्षका सांसदलाई खुशी बनाउन सकिएन । अहिले कुनै विशेष परिस्थिति नै थिएन, यस्तो परिस्थितिमा प्रम ओलीले विशेष सम्बोधन गर्ने हुन्नथ्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x