×

NMB BANK
NIC ASIA

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार २ नम्बर प्रदेशमा भव्य स्वागत गरिएको छ ।

Muktinath Bank

मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीले जनकपुर विमानस्थलमा पुगेर प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै प्रदेश सभासम्म ल्याएका थिए । प्रदेश सभामा पुगेपछि सभामुख सरोजकुमार यादवले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ४० मिनेटको कुराकानी र विभिन्न सांसदसँगको भेटघाट सकिएपछि प्रधानमन्त्री ओली सदनमा उपस्थित भएका थिए । करीब ८५ मिनेट लामो सम्बोधन गरेपछि ओलीलाई खाना खुवाउन सभामुख यादवले आफ्नो सरकारी निवासमा लागेका थिए । ओलीलाई मिथिला भोजन सहितको परिकार खुवाइएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीलाई खानामा सादा भात, रहरीको दाल, सुख्खा रोटी, हरियो साग, मिक्स तरकारी, पर्बल फ्राइ, गेडागुडीको अचार, कुखुराको मासु, खसीको मासु, माछा फ्राइ, पापड, दही, लालमोहन र रसभरी सहितको मिठाइ पस्किएको थियो । जनकपुरधाम उपमहानगरपालिका–४ कदमचोक उत्तिमपुर निवासी ४० वर्षीय विष्णुदेव मण्डलको नेतृत्वमा प्रधानमन्त्री ओलीका लागि खाना तयार पारिएको थियो ।

Vianet communication
Laxmi Bank

प्रदेशसभा परिसरभित्र रहेको सभामुखको सरकारी निवासमा गरिएको भोजभतेरमा सबै प्रदेशसभा सांसदले सहभागिता जनाएका थिए । प्रदेशसभा स्थापना भएपछि पहिलो पटक भोजभतेर गरिएको हो । ‘प्रधानमन्त्री ओलीजीको लागि खाना पकाउन पाएकोमा धेरै नै खुशी छु,’ खाना पकाउने टोलीका नेतृत्वकर्ता मण्डलले लोकान्तरसँग भने, ‘यो मेरो लागि गर्वको कुरा हो कि मैले प्रधानमन्त्री ओली ज्यूलाई खाना पकाएर खुवाउने अवसर प्राप्त गरेको छु ।’

उनी विगत २२ वर्षदेखि कूकको काम गरिरहेका छन् । तर, प्रधानमन्त्रीका लागि खाना पकाउन पहिलो पटक अवसर पाएको उनले बताए । २०४६ सालको आन्दोलनपछि जनकपुरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जनकपुर एउटा कार्यक्रममा आउँदा उनले चिया र बिस्कुट पस्किएको सम्झिए । महिला संघको कार्यक्रममा भाग लिन आएका तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘चिया त मिठो बनाएछौं’ भनेर प्रशंसा गरेको मण्डल स्मरण गर्छन् ।

‘प्रधानमन्त्री ओलीका लागि के खाना पकाउने भनेर सोचिरहेको थिएँ, के कुरा खानुहुन्छ भन्ने आफूलाई थाहै थिएन । तर, प्रधानमन्त्री कार्यालयबाट सबै कुरा खानुहुन्छ भन्ने जानकारी प्रदेश सभामा आएको रहेछ,’ मण्डलले सुनाए, ‘प्रदेश सभाले नै प्रम ओलीको लागि खानेकुराको मेनु दियो, सोही अनुसार खाना तयार गरेँ ।’

प्रदेश सभाले प्रधानमन्त्री ओलीका लागि तयार पारेको खाना नै सबै सांसदका लागि तयार पारेको थियो । प्रधानमन्त्री आउने भएकाले प्रदेशका सबै सांसदका लागि पनि खाना तयार पारिएको थियो । बिहान ८ बजेदेखि १२ बजेसम्म ४ घण्टामा खाना तयार भएको थियो । करीब ४ सय जनाका लागि खाना पकाउन भनिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x