×

NMB BANK
NIC ASIA

मुख्य समाचार : पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि घाटा, पहिरोले १० घर बगायो

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनुभएको छ । प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएकाले यो समयानुकूल परिमार्जन हुने बताउनुभयो ।

Muktinath Bank

‘संविधान, कानून हामीले बनाको हो । कहीँ कतै हेरफेर र विकास गर्नु परे नगर्ने भन्ने कहाँ हुन्छ ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो‚ ‘हामीले धर्मशास्त्र बनाएको होइन । संविधान, कानून गतिशील हुनुपर्छ । यसले हामीलाई आज पनि बाटो देखाउनुपर्छ र भोलि पनि बाटो देखाउनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले संविधान संशोधन गर्दिन भन्यो भनेर अफवाह फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को विकासका लागि आफू चिन्तित रहेको बताउनुभयो । प्रदेश २ मा अत्यन्तै उर्वर जमिन रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई मरभूमिकरण हुनबाट बचाउन सिँचाइ सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।


Advertisment
Nabil box
Kumari

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा
सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ । त्यस्तै, हवाई इन्धनमा भने २२ करोड ६७ लाख नाफा हुनेछ ।

स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । 

गत आर्थिक वर्ष ०७४/७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो । नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ ।

निगमले गत आर्थिक वर्ष ०७३/७४ मा २ खर्बभन्दा बढीको इन्धन कारोबार गरेको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । ‘त्यसमध्ये इन्धन बिक्रीकर्ता भारतीय आयल कर्पोरेसन (आइओसी)लाई मात्र करिब १ खर्ब ५२ अर्ब रुपैयाँ भुक्तानी गरेका छौँ,’ उनले भने, ‘राज्यलाई विभिन्न शीर्षकमा करबापत थप ५५ अर्ब दिएका छौँ ।’ आयात परिमाण बढेकै कारण इन्धनमा नेपालीले गर्ने खर्च पनि बढ्दै गएको हो ।, नयाँ पत्रिकामा खबर छ ।

व्यवसायीको कोटामा युरोप जाँदै कर्मचारी
नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् । 

जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्द्र र प्रदेशका कर्मचारी जान लागेका हुन् । भदौ १६ देखि २४ सम्म उनीहरूले फ्रान्स र इटाली भ्रमण गर्नेछन् । 

भ्रमणमा संघको वन तथा वातावरण, प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र तत्कालीन वन कार्यालयका प्रमुख (डीएफओ)हरू सहभागी हुनेछन् । जीआईजेडकै जडीबुटी प्रवर्द्धन कार्यक्रम ‘इन्म्याप्स’ का प्रोजेट मेनेजर कल्याण गौलीसहित तीन जना पनि भ्रमणमा जाँदै छन् ।, कान्तिपुरमा खबर छ । 

नेविसंघको कार्यकाल तीन महिना थप 
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थपिएको छ ।     नेपाली कांग्रेसले नेविसंघको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । 

नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ । विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महर नेतृत्वको कार्यकाल शनिबार सकिएको थियो । पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो । 

पहिरोले १० घर बगायो
नुवाकोटमा बाढीपहिरोले विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा रु एक लाख मूल्य बराबरको क्षति भएको छ । यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण रु आठ लाख बराबरको क्षति भएको छ । पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ । 

घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा रु छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । 

उपत्यकामा खानेपानी थप 
उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार थपिएको पानीले  दैनिक आठ लाख ४० हजार जनता लाभान्वित हुनेछन् ।

पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने 
रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने भएको छ । अब काठमाडौं महानगरपालिका आफैंले रानीपोखरी निर्माण गर्नेछ । 

यसअघि रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएपनि पटकपटक विवादका कारण काम हुन नसकेपछि महानगरले सेनालाई जिम्मा दिने प्रस्ताव गरेको थियो ।  पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवाली आए लगतै सेनालाई दिने तयारी रोकिएको छ ।
 
कोफी अन्नानको ८० वर्षको उमेरमा निधन
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ । ८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ ।

विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए । राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरे । त्यसपछि पनि उनले राष्ट्रसंघको विशेषदूतकारुपमा सिरियाको गृहयुद्ध शान्तिपूर्णरुपमा समाधान गर्न भूमिका निभाएका थिए ।

इमरान खानले शपथ लिए
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पद तथा गोपनीयताको शपथ लिएका छन् । इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले नयाँ प्रधानमन्त्री खानलाई शपथ गराएका हुन् ।

संसद्मा शुक्रबार भएको निर्वाचनमा पूर्व क्रिकेटर खान पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २० वर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाएका छन् ।

एसिया कपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा
एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । 

यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा आएका १९ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको छनोट गरिएको कप्तान खड्काले जानकारी दिए ।

टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहनुभएको छ । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएइ, हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदैं १७ र हङकङसँग भदौं १९ गते खेल्ने कप्तान खड्काले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x