×

NMB BANK
NIC ASIA

इतिहासको पढाइ 'इतिहास' बन्ने खतरा, भूगोल र संस्कृतिमा पनि छैन आकर्षण

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल –बुटवल बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक डा. सूर्यबहादुर जिसी हरेक दिन बिहान क्याम्पस जान्छन्, हाजिर गर्छन् र घर फर्कन्छन् । तर, पढाउने चाहना हुँदाहुँदै पनि उनले अहिले पढाउन पाएका छैनन् । यसको एउटै कारण हो – उनको विषयका विद्यार्थी नहुनु ।

Sagarmatha Cement
Muktinath Bank

क्याम्पसमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थी नभएपछि उनले चाहेर पनि अध्यापन गर्न पाएका छैनन् । ५ वर्षदेखि इतिहास पढ्ने विद्यार्थीको संख्या शून्यसरह भएपछि उनको क्याम्पसमा दिनचर्या यसरी नै बितेको छ । जिसी मात्र होइन, ५ नम्बर प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इतिहास, भूगोल र संस्कृति विषयमा प्रध्यापनरत अधिकांश प्राध्यापक तथा शिक्षकले विगत ४–५ वर्षदेखि यस्तै दिनचर्या बिताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बाहिरबाट अरुले देख्दा त मोज छ भन्ने लाग्छ होला,’ प्रा.डा. जिसी भन्छन्, ‘तर, चाहेर पनि पढाउन नपाउँदा हामीलाई हिनताबोध भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

भैरहवा बहुमुखी क्याम्पसमा इतिहास विषयका सहप्राध्यापक गणेश पाण्डेको समस्या पनि उहीँ हो । क्याम्पसले इतिहास र संस्कृति विषयमा विद्यार्थीको संख्या न्यून हुँदै गएकाले शैक्षिक सत्र २०७४÷७५ का लागि यी ३ विषयमा विद्यार्थी भर्ना नलिने निर्णय गरेको थियो । निर्णयपश्चात् सहायक क्याम्पस प्रमुखसमेत रहेका इतिहासका सहप्राध्यापक पाण्डेले पढाउन पाएका छैनन् ।

Vianet communication
Laxmi Bank

रूपन्देही, पाल्पा, दाङ र बाँके लगायतका जिल्लामा रहेका त्रिविका आंगिक क्याम्पसमा इतिहास, संस्कृति र भूगोल विषय प्राध्यापनरत ३१ जना प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक तथा शिक्षक सहायक रहेका छन् । तीमध्ये अधिकांश कामविहीन छन् भने अन्य कामविहीन हुन लागेको बताउँछन् । यी विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ज्यामितीय हिसाबले ओरालो लागेको छ ।

विद्यार्थी नभएपछि प्राध्यापकलाई क्याम्पसमा समय कटाउन पनि धौंधौं परिरहेको छ । ५ वर्ष अगाडि त्रिविको केन्द्रीय प्रशासनले विद्यार्थीको अभावका कारण प्राध्यापक तथा शिक्षक कामविहीन हुने अवस्था आइपुगेमा उनीहरूलाई विषयका आधारमा अन्य संकायमा समायोजन गर्न सकिने नीति ल्याएको थियो । तर, प्रभावकारी कार्ययोजना र राजनीतिक झमेलामा परी यो नीति प्रभावकारी हुन नसकेको भैरहवा बहुमुखी क्याम्पसका संस्कृति विषयका पूर्वप्राध्यापक प्रा.डा. गितु गिरी बताउँछन् । ‘त्रिविले ल्याएको नीति राजनीतिक भागबण्डाका कारण अलपत्र परेको हो,’ प्रा. डा. गिरीले भने ।

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शशिशरण सुवेदीले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्रशासन कार्यालयको गैरजिम्मेवारीका कारण प्राध्यापक कामविहीन भएको बताउँछन् । आंगिक क्याम्पसले बर्सेनि विद्यार्थी संख्या सहितका प्रतिवेदन त्रिविको केन्द्रीय प्रशासनमा पठाएपनि प्रशासनले त्यसलाई अध्ययन गरी समस्या निराकरणमा बलियो कार्ययोजना ल्याउन नसकेको उनको भनाइ छ ।

‘केन्द्रीय प्रशासनलाई विद्यार्थीको अभाव र प्राध्यापकको कामविहीनताको बारेमा ज्ञान छ,’ क्याम्पस प्रमुख सुवेदी भन्छन् ‘तर, त्यससम्बन्धी बलियो कार्ययोजना बनाउन सकेको छैन ।’

कामविहीन भएपनि प्राध्यापक तथा शिक्षकले तलब सुविधा भने पाइरहेका छन् । आंगिक क्याम्पसमा प्राध्यापक, उपप्राध्यापक र सहप्राध्यापको तलब सुविधाको व्यवस्थापन त्रिविको केन्द्रीय प्रशासनले गर्छ । हाल प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षक सहायकले क्रमशः सचिव, सहसचिव, उपसचिव र अधिकृत स्तरको तलब सुविधा पाएका छन् ।

प्राध्यापकको दरबन्दी मिलान वा कटौती गर्ने अधिकार आंगिक क्याम्पसलाई छैन । महेन्द्र बहुमुखी क्याम्पस, दाङका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले न्यून विद्यार्थी भएका विषय खारेज गरेर प्राध्यापक तथा शिक्षकको तलब रोक्का गर्ने अधिकार आफूहरूसँग नभएको बताए । ‘यो समस्यामा केन्द्रीय प्रशासनले नै ध्यान दिनुपर्छ,’ सहायक क्याम्पस प्रमुख रिजाल भन्छन्, ‘हामीले त प्राध्यापक तथा शिक्षकको तलबसमेत रोक्न मिल्दैन ।’ 

हाल बुटवल बहुमुखी क्याम्पस रूपन्देहीमा इतिहास विषयमा १ प्राध्यापकसहित १ सहप्राध्यापक रहेका छन् भने २ उपप्राध्यापक रहेका छन् । संस्कृति विषयमा १ उपप्राध्यापकसहित १ शिक्षक सहायक रहेका छन् । भूगोल विषयमा ३ प्राध्यापकसहित २ उपप्राध्यापक र १ शिक्षक सहायक छन् ।

भैरहवा बहुमुखी क्याम्पस रूपन्देहीमा इतिहास विषयमा १ जना उपप्राध्यापक रहेका छन् । भूगोल र संस्कृति विषयमा अघिल्लो शैक्षिक सत्रसम्म केही प्राध्यापक तथा शिक्षक रहेपनि उनीहरूको स्थानान्तरण वा निवृत्त भइसकेकाले हाल १ जना पनि प्राध्यापक तथा शिक्षकहरू नरहेको क्याम्पस प्रमुख अनिलकुमार झाले बताए । 

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा संस्कृतिमा १ जना प्राध्यापक छन् । भूगोल विषयमा २ जना प्राध्यापक र इतिहास विषयमा १ जना शिक्षक सहायक रहेको क्याम्पस प्रमुख जीवन थापाले जानकारी दिए ।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा भूगोल विषयमा १ जना प्राध्यापक र एक सहप्राध्यापक रहेका छन् । संस्कृति विषयमा २ सहप्राध्यापकसहित १ उपप्राध्यापक तथा १ शिक्षक सहायक रहेका छन् । सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले क्याम्पसमा इतिहास विषयको अध्यापन नहुने जानकारी दिए ।

महेन्द्र बहुमुखी क्याम्पस बाँकेमा स्नातक तहअन्तर्गतको भूगोल विषयमा ५ जना प्राध्यापक र १ जना शिक्षक सहायक रहेका छन् । इतिहासमा १ जना उपप्राध्यापक रहेका छन् भने संस्कृतिमा १ जना प्राध्यापकले प्रध्यापन गरिरहेका छन् । 

विद्यार्थीको संख्या बढाऊ : त्रिवि

आंगिक क्याम्पसले विद्यार्थीको संख्या वृद्धि गर्न ध्यान नदिए कामविहीन भएका प्राध्यापकलाई विद्यार्थी भएका क्याम्पसमा स्थानान्तरण गर्न सकिने खालको निर्देशिका निर्माणका लागि छलफल भइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्रशासनिक कार्यालयले बताएको छ । 

निर्देशिकाअनुसार आंगिक क्याम्पसमा विद्यार्थी नभएका विषयलाई खारेज गरी ती विषयका प्राध्यापकलाई अन्यत्र विद्यार्थी भएका क्याम्पसमा स्थानान्तरण गरिने छ । यो योजना चालू शैक्षिक सत्रभित्रै कार्यान्वयनमा आउने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले बताए ।

प्राध्यापक कामविहीन हुने अवस्थाको सिर्जना स्वयम् आंगिक क्याम्पसले नै गरेको उपकुलपति प्रा.डा. खनियाँको आरोप छ । विभिन्न अनुगमनबाट ५ नम्बर  प्रदेशका आंगिक क्याम्पसले संस्कृति, भूगोल र इतिहास जस्ता विषयमा विद्यार्थीलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउन नसकेको देखिएको उपकुलपतिले बताए । 

‘सेन्ट्रल अफिस (त्रिविको केन्द्रीय कार्यालय) मा विद्यार्थी अभावमा प्राध्यापक कामविहीन भए भन्दै आउने तर विद्यार्थीको संख्या वृद्धि गर्न कुनै पनि योजना नबनाउने !’ उपकुलपति तीर्थराज खनियाँले भने, ‘यो समस्या आंगिक क्याम्पसले नै निम्त्याएका हुन् ।’

नयाँ–नयाँ प्रविधिक र व्यावसायिक विषयको आगमनसँगै इतिहासजस्ता विषय ओझेलमा परेको बताउँदै उपकुलपति खनियाँले यी विषयप्रति विद्यार्थीको फिर्ती हुने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेशका सबै आंगिक क्याम्पसलाई आग्रह गरे । ‘नत्र भने प्राध्यापकको स्थानान्तरणको विकल्प छैन,’ उपकुलपति खनियाँले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x