चावहिल–गौशाला सडकखण्ड अवरुद्ध

भदौ ३, २०७५

काठमाडौं– करेन्ट लागेर आर्यघाटमा एकजनाको मृन्यु भएको विरोधमा चावहिल–गौशाला सडकखण्ड अबरुद्ध भएको छ । पशुपति क्षेत्र विकास कोषको लापरवाहीका कारण घटना भएको भन्दै कोषका मजदुर र स्थानीयले विरोध जनाएका हुन् । जसका कारण यातायात प्रभावित भएको छ । 

गएराति करिब साढे १० बजे करेन्ट लागेर मित्रपार्कका ४० वर्षीय पुष्प गन्धर्वको मृन्यु भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । उनी टुरिस्ट गाइड हुन् । विरोधमा अहिले पशुपति क्षेत्र विकास कोष अगाडी प्रदर्शन भएको छ । 


विजुलीको तार जमीनमा लत्रिएको र सोही स्थानमा रहेको फलामको कुर्सीमा बस्नेक्रममा राति उनलाई करेन्ट लागेको हो । 

भदौ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस