×

NMB BANK
NIC ASIA

गौतम बुद्ध विमानस्थल आयोजना प्रमुखको सरुवा, समयमै निर्माण सकिनेमा आशंका

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखको सरुवा भएको छ ।

Muktinath Bank

आयोजना प्रमुख ओम शर्माको सरूवासँगै विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुनेमा आशंका उब्जिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ जुनभित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माणाधीन कार्यलाई तीव्र बनाएको समयमा एक्कासि आयोजना प्रमुख शर्मालाई सरुवा गरिएपछि विमानस्थल समयमा निर्माण सम्पन्न हुनेमा शंका उब्जिएको हो ।


Advertisment
Nabil box
Kumari

हालै नेपाल नागरिक उड्डयन प्राधिकरणले शर्मालाई बाराको निजगढ विमानस्थल आयोजनामा सरूवा गरेको हो । डिसेम्बर २०१७ मा निर्माण सम्पन्न गर्ने गरी १३ नोभेम्बर २०१४ मा सम्झौता गरिएको विमानस्थलको निर्माण कार्य जनवरी २०१५ मा शुरू गरिएको थियो ।

Vianet communication
Laxmi Bank

शर्मा विमानस्थल शिलन्यासदेखि नै कार्यरत थिए । विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए । 

नाकाबन्दी, तराईको आन्दोलन, भूकम्प तथा स्थानीय पेटी ठेकेदार र जग्गाधनीको आन्दोलनका कारण सुस्त बनेको विमानस्थल निर्माण कार्यले सबै समस्या समाधान भई गति लिएका बेला आयोजना प्रमुख शर्माको सरुवा भएको हो । 

स्थानीयलाई मुआब्जा वितरणमा पटक–पटक देखिएको समस्या शर्माले समाधान गरी कामलाई तीव्रताका साथ अगाडि बढाएका थिए । अहिले विमानस्थल निर्माणको काम झण्डै ६० प्रतिशत सकिएको छ  । उनको सरुवाप्रति भैरहवावासीले असन्तुष्टि जनाएका छन् ।

शर्मासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेन्डरमार्फत ठेक्का दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x