×

NMB BANK
NIC ASIA

आफूलाई यौनदासी बनाउने व्यक्तिलाई भेटेपछि जर्मनीबाट भागेकी युवतीको दर्दनाक कथा

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कुनै पनि व्यक्ति एकचोटि कैदमुक्त भएपछि फेरि कहिल्यै त्यस्तो नहोस् भनी प्रार्थना गर्छ । तर आफूलाई कैदमा राख्ने मानिससँग अचानक भेट हुँदा उसमा डर र त्रास फैलिनु स्वाभाविक हो । 

एक याजिदी युवती लामो समयसम्म आतंकवादी संगठन इस्लामिक स्टेटको यौनदासी भएर बस्नुपरेको थियो । 

ती युवतीको नाम अश्वाक हो र उनी १४ वर्षकी हुँदा उत्तरी इराकमा आईएस लडाकूले आक्रमण गरे । उनीहरूले त्यतिखेर हजारौं महिलालाई यौनदासी बनाए र अश्वाक पनि तीमध्ये एक थिइन् । 

आईएस लडाकूहरूले १०० डलरमा अश्वाकलाई अबु हुमाम नामक व्यक्तिलाई बेचे । 

हुमामको घरमा अश्वाक दिनदिनै यौन हिंसा र यातना सहन्थिन् । तीन महिना उनी यो खतरनाक र पीडादायी वातावरणमा बसिन् र एक दिन भाग्न सफल भइन् । 

त्यसपछि अश्वाक आफ्नी आमा र एक भाइसँग जर्मनी आइन् । अब आफूले विगतलाई फर्केर नहेर्ने र जिन्दगीलाई नयाँ तरिकाले शुरू गर्ने संकल्प लिइन् । 

उनको नयाँ जीवन चलिरहेको बेलामा केही महिनाअघि उनले त्रासको सामना गरिन् । एक सुपरमार्केट बाहिरको गल्लीमा उनले आफ्नो नाम लिएर कसैले बोलाइरहेको सुनिन् । 

अश्वाक भन्छिन्, ‘स्कूल जाँदा अचानक एक कार मेरोनजिक रोकियो । ऊ अगाडिको सीटमा बसेको थियो । उसले मसँग जर्मन भाषामा तिमी अश्वाक हौ भनी सोध्यो । म बेस्सरी डराएँ र काँप्न थालें । अनि उसलाई सोधें, होइन, तपाईं को हो ?’

‘उक्त व्यक्तिले तिमी अश्वाक हौ मलाई थाहा छ भने र आफू अबु हुमाम भएको बताए । अबु हुमामले त्यसपछि अरबी भाषामा कुरा गर्दै झुट नबोल तिमी कोसँग कहाँ बस्छ्यौ मलाई थाहा छ भन्यो । उसलाई मेरो जर्मनीको जीवनका बारेमा सबै कुरा थाहा थियो ।’

उनी भन्छिन्, ‘मैले जर्मनी आएर पनि त्यो मान्छेलाई भेटिएला भनेर कल्पनै गरेको थिइनँ । उसले मलाई दिएको यातनालाई बिर्सनका लागि नै म देश छोडेर जर्मनी आएकी थिएँ । म उसलाई कुनै हालतमा भेट्न चाहँदिनथिएँ ।’

जर्मनीका फेडरल प्रोसिक्युटरले अश्वाकले यो घटनाको पाँच दिनपछि प्रहरीलाई जानकारी दिएको बताए । 

प्रहरीलाई त्यस दिनको घटना र इराकमा भोगेका खतरनाक अनुभव प्रहरीलाई बताएको जनाकारी दिइन् । उनले प्रहरीलाई सुपरमार्केटको सीसीटीभी क्यामरा पनि हेर्न भनिन् तर प्रहरीले वास्ता गरेन । 

अश्वाकले पूरा एक महिना प्रतीक्षा गरिन् तर प्रहरीबाट यसबारेमा कुनै जानकारी पाइनन् । 

त्यसपछि अश्वाक फेरि उत्तरी इराक फर्केर गइन् । उनलाई अबु हुमामसँग फेरि भेटिएला भन्ने डर त थियो तर आफ्ना चार दिदीबहिनी भेट्ने आशा पनि थियो । उनका दिदीबहिनीलाई पनि आईएस लडाकूले बन्दी बनाएका थिए । 

अश्वाक भन्छिन्, ‘तपाईंले यस्तो घटना भोग्नुभएको छैन भने थाहा पाउनुहुन्न । यस्तो हुँदा मुटुमा ढ्यांग भएजस्तो हुन्छ र केही पनि थाहा हुन्न । आफूलाई रेप गरेको मानिस अचानक आफूसमक्ष आउँदा के हुन्छ तपाईं सोच्न पनि
सक्नुहुन्न ।’

जर्मनीको सर्वोच्च अदालतकी प्रवक्ता फ्रोक खूलरले बताएअनुसार, प्रहरीले ईफिट इमेजका आधारमार्फत अनि अश्वाकको बयानको आधारमा अबु हुमामलाई खोज्ने पूरा कोशिश गरेको भएपनि पत्ता लगाउन सकेको छैन ।

प्रहरीले जुन महिनामा अश्वाकसँग सम्पर्क गर्ने कोशिश गरेको भएपनि उनी इराक फर्किसकेकी थिइन् । 

जर्मनीका अधिकारकर्मीहरू यो एकमात्र घटना नभएको बताउँछन् । 

याजिदीहरूको अधिकारका लागि काम गर्ने संस्था आवर डट् हेल्पकी संस्थापक तथा अभियन्ता डुजेन टेकलले याजिदी शरणार्थी युवतीहरूले जर्मनीमा आईएस लडाकूलाई चिनेको बताएकी छन् । 

अश्वाक आफैंले पनि आईएसको कैदबाट भागेर आएका अन्य याजिदी युवतीबाट यी कुराहरू सुनेको बताइन् । 

तर सबै घटना प्रहरीसमक्ष पुगेको छैन । 

कुर्दिस्तान पुगेर याजिदी शिविरमा बसेकी अश्वाक आफ्नो पढाइ जारी राख्न चाहन्छिन् तर उनको परिवार देश छोड्न चाहन्छ । 

अश्वाकका पिता आईएसका मानिससँग एकदम डर लाग्ने बताउँछन् । 

तर जर्मनीमा भएको घटनाले अश्वाकको मनमा गहिरो असर पारेकाले संसारै उल्टेपनि आफू जर्मनी नजाने बताउँछिन् । 

अन्य याजिदी जस्तै अश्वाकको परिवारले पनि अस्ट्रेलिया जनका लागि निवेदन दिएको छ । आईएस लडाकूले अपहरण गरेका युवतीका लागि चलाइएको विशेष कार्यक्रम अन्तर्गत उनीहरू अस्ट्रेलिया जनका लागि निवेदन दिँदैछन् ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x