×

NMB BANK
NIC ASIA

लिभरपूलले यो सीजनको प्रिमियर लीग जित्ने भन्दै फर्मिनोले दिए सिटीलाई चेतावनी

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ब्राजिली फूटबल खेलाडी फर्मिनोले लीगविजेता म्यानचेस्टर सिटीलाई चेतावनी दिँदै लिभरपूलले उपाधि जित्नका लागि सबै प्रयास गर्ने बताएका छन् । 

लिभरपूलले समर ट्रान्सफर विन्डोमा १७७ मिलियन पाउन्ड खर्च गरेपछि अनि पहिलो खेलमा लिभरपूलले वेस्ट ह्यामलाई ध्वस्त पारेपछि क्लबका प्रशंसक खुशी भएका छन् । 

सोमवार लिभरपूलले क्रिस्टल प्यालेसमा गएर भिडन्त गर्दैछ र क्लबका स्टार फर्मिनोले युर्गेन क्लोपको प्रशिक्षणमा आफूहरूले उपाधि जित्न सक्षम रहेको बताएका छन् । 

‘लिभरपूल यो सीजनमा सर्वोच्च उपाधि जित्नका लागि सक्षम रहेकोमा म आशावादी छु र त्यसमा विश्वास पनि गर्छु,’ स्ट्राइकर फर्मिनोले भने । लिभरपूलले गत सीजनमा चौथो स्थान हासिल गरेकोमा फर्मिनोले २७ गोल गरेका थिए । 

‘अघिल्लो सीजनमा भन्दा टीम झन् बलियो भएको र नयाँ आएका खेलाडीले टीमको प्रदर्शनमा सुधार ल्याउनेछन् । हामीले मैदानमा नै प्रदर्शन गरेर आफूहरू अब्बल रहेको देखाउनुपर्छ । नयाँ खेलाडीलाई टीममा छिट्टो घुलमिल हुन गाह्रो छ । तर म जहिले पनि सकारात्मक सोच राख्छु ।’

‘मेरो सपना लिभरपूलका तर्फबाट प्रिमियर लीग उपाधि उचाल्नु हो र हामी त्यसका लागि प्रयास गरिरहेका छौं ।’

एनफील्डमा तीन वर्ष बिताइसकेका फर्मिनोले प्रिमियर लीग उपाधि कहिल्यै नउचालेको टीमका प्रशंसक त्यसको आशामा रहेको बताए । 

लिभरपूलले प्रिमियर लीग युग शुरू हुनुअघि सन् १९८९–९० को सीजनमा उपाधि जितेको थियो । त्यसपछि ऊ खाली हात रहँदै आएको छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x