×

NMB BANK
NIC ASIA

मुख्य समाचार : विशिष्टको खर्च : 'गाडी धुन १२ लाखको पानी-जारकै पानीमा पाक्छ खाना', ३८ नेपाली साउदीमा अलपत्र

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– स्थानीय सरकारले कर बढाएर नागरिकलाई अप्ठ्यारो पारेको प्रसंग चलिरहेको बेला देशका विशिष्ट व्यक्तिको खर्च विवरण पनि सार्वजनिक भएको छ । 

Muktinath Bank

नयाँ पत्रिकाका अनुसार देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ ।


Advertisment
Nabil box
Kumari

–सञ्चारमा ८८ लाख
–घरभाडामा ८१ लाख
–झण्डै दुई करोडको फर्निचर
–मसलन्द र पर्दा–कार्पेटमा २ करोड खर्च
–मर्मतमा १ करोड १० लाख खर्च
–ट्वाइलेटपेपरदेखि भान्साका भाँडाकुँडासम्म राज्यकै
–मन्त्रीक्वार्टरको स्टोर पर्दाले भरियो
–बिरुवा खरिददेखि कर्मचारीको तलबसम्म  साढे ११ करोड
–बालुवाटारमा मासिक १२ लाखको ट्यांकरको पानी मगाएर धोइन्छ गाडी र मोटरसाइकल–प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो । प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ । यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन । ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ । बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ । 
–प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी जारकै पानीले पाक्छ खाना

मौलिक हकसम्बन्धी तीन विधेयक सदनमा पेश गरिने 
सरकारले मौलिक हकसँग स्म्बन्धित तीन विधेयक सङ्घीय संसद्मा पेश गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र ‘भूसासम्बन्धी विधेयक(सातौँ संशोधन), २०७५’ लाई संघीय ससद्मा पेश गर्ने निर्णय गरेको हो । 

आगामी संविधान दिवस असोज ३ गतेभित्रै मौलिक हकसँग सम्बन्धित सबै विधेयक प्रस्तुत गरिसक्नुपर्ने समयसीमा भएकाले सरकारले पछिल्ला केही हप्तादेखि सोहीसम्बन्धी विधेयकलाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ । 

यस्तै सरकारले नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । सरकारले विश्व बैकको अन्तर्राष्ट्रिय विकास संस्था(आइडिए) बाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि रु एक अर्ब ६४ करोड स्वीकार गर्ने निर्णय गरेको छ । 

कांग्रेसको मुल्यांकनमा सरकार पास मात्रै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार राष्ट्रियताको मामलामा चुकेको आरोप लगाएको छ । प्रधानमन्त्री ओलीको ‘उग्रराष्ट्रवाद’को लहर सरकारको पहिलो ६ महिनामै समाप्त भएको उसको टिप्पणी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले दर्शाएको चरित्रका कारण उसको राष्ट्रवाद नांगिएको बताए ।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका क्रियाकलाप र चरित्र अलोकतान्त्रिक भएको आरोप समेत लगाए । कांग्रेसले भदौ १ गतेदेखि लागू भएको देवानी र फौजदारी संहिताका कतिपय प्रावधान संशोधन गर्न समेत सरकारसँग माग गरेको छ । सरकारले प्रतिपक्षी र मिडियालाई निषेध गर्न खोजेको उनको आरोप छ ।

सरकार नै संघियता असफल बनाउन लागेको त होइन भन्न शंका उब्जीएको प्रवक्ता शर्माको टिप्पणी छ । कांग्रेसको मुल्यांकनमा ओली नेतृत्वको सरकार पास मात्रै भएको छ । 

असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने
काठमाडौं उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।

चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । अन्तिम सजावटको काम सकेपछि पनि पानी ल्याउन मुहानमा ‘हेड बक्र्स’ काम सक्नुपर्ने हुन्छ । वर्षात्मा ‘हेड बक्र्स’ को काम हुन नसक्ने भएकाले पनि काममा ढिलाइ हुने कार्यकारी निर्देशक कँडेलले जानकारी गराए ।

साउदीमा ३८ नेपाली एक महिनादेखि अलपत्र 
रोजगारीका लागि साउदी गएका ३८ जना नेपाली अलपत्र परेका छन् । फागुन र चैत महिनामा गरी इम्पावर ओभरसिज प्रा.लि. र तीनजुरे इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. नामको म्यानपावर कम्पनीले ३८ जना नेपालीलाई साउदीमा पठाएका थिए ।

साउदी गएका उनीहरुले डेढ महिनासम्म काम नपाएको बताइएको छ । वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेकाहरूका आफन्त र म्यानपावर कम्पनीका सञ्चालकलाई राखेर गरेको छलफलमा म्यानपावर कम्पनीले सबैलाई काम लगाइदिने र भनेअनुसारको तलब पनि दिलाउने सहमति भएको थियो । तर, म्यानपावरसँगको सहमतिपछि पनि उनीहरूले भनेअनुसारको काम र तलब पाएनन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले  पेट्रोल प्रतिलिटर रु १, डिजेल र मट्टीतेल प्रतिलिटर रु २÷२ र हवाई इन्धन प्रतिलिटर  रु ४.५  बढाएको हो । 

यो सँगै अब  पेट्रोल प्रतिलिटर रु  १११, डिजेल र मट्टीतेल रु  ९५÷९५ र हवाई इन्धन प्रतिलिटर रु १०४.५ पर्ने भएको छ । बढेको मूल्य आइतबार राती १२ बजेदेखि लागू भएको छ । 

प्रकाण्डलाई तीन दिनको म्याद
प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आइतबार तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार खड्कले गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको हो । 

चन्दा असुलीको आरोपमा पक्राउ गरिएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका सर्वाेच्च अदालत परिसरबाटै प्रहरीले पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याएको हो ।

नेकपाः प्रदेश नं ३ र गण्डकी प्रदेशले प्रतिवेदन बुझाए 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश र प्रदेश नं ३ को गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललाई दुवै प्रदेशका कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश नं ३ को २१७ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशमा रहेका १३ जिल्लामध्ये आठ पूर्वनेकपा (एमाले) र पाँच जिल्ला पूर्वनेकपा (माआवादी केन्द्र) नेतृत्व बाँडफाड गरिएको छ । 

यस्तै गण्डकी प्रदेशका प्रतिवेदनमा १८७ प्रदेश कमिटीमा १०२ पूर्वनेकपा (एमाले) र ८५ जना पूर्वनेकपा (माआवादी केन्द्र) को प्रदेश कमिटी रहेको छ । यसैगरी जिल्ला कमिटीको नेतृत्वमा सहमति हुन नसक्दा केन्द्रलाई नै सहमति गर्न पठाइएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिले सरोकारवालासँग छलफल गर्ने 
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने भएको छ । समितिको आइतबार बसेको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा गोविन्द केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए । 

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीब व्यक्तिका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

नेपाल समूहचरणबाटै बाहिरियो
अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेको नेपाल आइतबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए । 

७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पाकिस्तानले जित्यो । योसँगै नेपालले समूहका सबै खेल गुमायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x