×

NMB BANK
NIC ASIA

घट्टेखोला पुलमा क्षति हुँदा काठमाडौंमा असर, रसुवागढी नाकामा राेकियाे अर्बौंको सामान

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रसुवा- वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । 

काठमाडाैं महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अवरुद्ध भएपछि उपभोक्ताको माग आपूर्ति गर्न समस्या बढ्दै गएकाले नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरिएको उक्त सङ्घले जनाएको छ ।

रोडीमेट कपडा जुत्ता चप्पल इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवालगायतका अबौँ रुपियाँका सामग्री केरुङ आइसकेको र सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिपभन्दा बढी ती सामग्री बिच बाटोमा रोकिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । 

सडकको अवस्था बुझ्न प्रदेशसभा सदस्य शान्ति थिङको अगुवाइमा व्यापार सङ्घका सबै पदाधिकारी रसुवा पुगी सरोकारवाला निकायसमक्ष ताकेता गर्ने कार्यसमेत भइरहेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार धुन्चे भार्खुबीच त्रिशूली नदीको दुई स्थान र रसुवागढी नजीकको पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि नेपाली सेनालाई जिम्मा दिइसकेको र नेपाली सेनाको प्राविधिक निर्देशनालयबाट खटिआएका विशेष टोलीले आज बिहानबाटै स्थलगत अध्ययन गरी छिटो काम शुरु गर्ने बताउनुभयो । 

यस्तै साउन ११ गते अविरल वर्षाले टिमुरे घट्टेखोलामा क्षति भएको पक्की पुलको मर्मत कार्य भने ४० प्रतिशत पूरा भएको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । 

स्याउ बोकी आएको ३०÷४० वटा कन्टेनर डिब्बा भने स्याफ्रुबेँशीदेखि ठूलो भार्खुका राजमार्गमा अलपत्र परेको र केही ट्रकले पुनः पल्टी गर्न थालेका छन् । उत्तरी रसुवामा गम्भीर बिरामीको अवस्था आए जिल्ला अस्पताल ल्याउनसमेत समस्या बढेको चालकले बताएका छन् । 

नियमित यात्रुबाहक बसका यात्रु र मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्री भने पहिरो स्थलबाट मोटर पल्टी गरी आवतजावत गर्ने गरेको ट्राफिक प्रहरीले जानाएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x