×

NMB BANK
NIC ASIA

हिलो र खाल्टाखुल्टीका कारण सदरमुकाममै यातायात बन्द

भदौ ४, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

जाजरकोट-खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ । 

सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा दुई÷तीन दिनको पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । 

त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ । घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीय उपभोक्ताको गुनासो छ । यातायातको असुविधा भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर लैजान स्ट्ेरचरको सहारा लिनुको विकल्प छैन । 

बाढी, पहिरो, हिलोलगायत कारण पाँचकाटिया सडकमा दुई महिना यातायात बन्द हुँदा सास्ती भएको बारेकोट १, रामीडाँडाका दलबहादुर बुढाले बताउनुभयो । सडक मर्मत सुधार नहुँदा पाँचकाटिया मात्र होइन, जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् ।

Muktinath Bank

सदरमुकाम खलङ्गादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् । खलङ्गादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमालगायतका बासिन्दा बढी मर्कामा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षेनी वर्षात् पछिका तीन-चार महिनासम्म स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती बेहोर्नुपरेको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । कतिपय सडकमा पहिरोले पैदल हिँड्ने अवस्था पनि नभएको उहाँले बताउनुभयो । सडक निर्माणका नाममा हरेक वर्ष करोडौँ रकम खर्च हुँदै आएको उहाँको भनाइ छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x