×

NMB BANK
NIC ASIA

ग्रीसको युरोजोन बेलआउट प्याकेज सकियो, लामो समय आर्थिक संकटमा रहनुपर्ने

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गम्भीर आर्थिक संकटको सामना गरिरहेको देश ग्रीसले पाएको युरोजोन बेलआउट प्याकेज सोमवार सकिएको छ । ग्रीसले विगत आठ वर्षदेखि बेलआउटको फाइदा लिइरहेको थियो । 

तेस्रो तथा अन्तिम ठूलो लोन प्रोग्राम सकिएपछि ग्रीस आर्थिक संकटबाट निस्कने पथमा हिँडेको मानिएको छ । 

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आर्थिक रूपमा अस्तव्यस्त भएपनि आफ्नो गोडामा उभिन सक्ने सामर्थ्य ग्रीसले देखाएको बताएका छन् । 

लगभग आठ वर्षको आर्थिक संकट, सरकारी खर्चमा कटौती र ऋणपछि यो स्थिति आएको हो । 

दी इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, दशकौंसम्म ग्रीसमा यो आर्थिक संकटको असर पर्ने देखिन्छ । उसले अझै २८९ अर्ब पाउन्ड ऋण चुक्ता गर्न बाँकी छ र त्यसको ब्याज पनि छँदैछ ।

युरोजोनका ऋणदातासँग लिइएको रकम ग्रीसको कुल गार्हस्थ्य उत्पादनभन्दा १८० प्रतिशत बढी छ । 

एथेन्सले सार्वजनिक वित्त लक्ष्यलाई पूरा गर्छ कि गर्दैन भनी विज्ञहरूले प्रत्येक त्रैमासिकमा चेक गर्छन् । ऋण नतिरिएसम्म यो चेक जारी रहन्छ । 

ग्रीसको ऋण सन् २०६० मा बल्ल समाप्त हुनेछ । 

तीन दशकसम्म लगातार सरकारहरूले पेन्सन र अन्य सामाजिक उद्देश्यको पूर्तिका लागि ऋण लिँदालिँदा ग्रीसमा आर्थिक संकट गहिरियो । अनि सरकारले करमा ठूलो छुट दियो र बजेट घाटामा ध्यान दिएन । 

ग्रीस आर्थिक संकटमा परेको कुरा सन् २००९ को अक्टोबर महिनामा सार्वजनिक भयो । त्यतिखेर सरकारले बजेट घाटा पहिले बताएभन्दा निकै धेरै रहेको स्वीकार ग–यो । 

यो संकटका कारण लगानीकर्ताहरूलाई ठूलो झड्का लाग्यो र उनीहरूले ग्रीसलाई तिर्न सकिने ब्याजदरमा ऋण दिन अस्वीकार गरे । त्यसपछि ग्रीस सरकारले आर्थिक संकटबाट बच्नका लागि युरोजोनका देश र आईएमएफबाट
ऋण लियो । 

युरोजोनले ग्रीसलाई कडा शर्तमा मात्र ऋण दिएको थियो, जस्तै – घाटा कम गर्नुपर्ने, करवृद्धि गर्नुपर्ने र खर्च कटौती गर्नुपर्ने । अनि कर संकलन बढाउनुपर्ने र देशमा व्यापारको वातावरण राम्रो बनाउनुपर्ने पनि भनिएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x