×

NMB BANK
NIC ASIA

अत्यधिक सेल्फीले मानिसलाई बनाइरहेको छ रोगी

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आजको युगमा स्मार्टफोनबाट सेल्फी क्लिक गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न धेरैले रुचि देखाउँछन् । प्रविधिको युगमा सेल्फी लिएर मानिस खुशी त भएका छन् तर यसको नकारात्मक पक्ष पनि उत्तिकै प्रबल छ । 

मानिसहरू अचेल स्मार्टफोनबाट सेल्फी लिएर त्यसमा फिल्टर लगाइरहेका छन् र तस्वीरमा जस्तै राम्रो अनुहार बनाइदिन चिकित्सकहरूलाई हैरान गरिरहेका छन् । 

एनग्याजेटको रिपोर्टअनुसार, लाखौं मानिस सेल्फी खिचेर एडिट गर्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । इन्स्टाग्राम, स्न्यापच्याट र फेसट्युन जस्ता एप यसमा संलग्न छ । 

यी फिल्टरहरू मानिसलाई सुन्दर देखाउनका लागि बनाइएको हो । यसको सहायताले मानिस आफ्नो रंग गोरो बनाउँछन् । नाक राम्रो र चुच्चो बनाउँछन् । ओठलाई सुडौल बनाउँछन् र राम्रो देखिने प्रयास गर्छन् । 

मानिसहरू यी तस्वीर लिएर प्लास्टिक सर्जनकहाँ गइरहेका छन् र सफ्टवेयरमा देखिएको तस्वीर जस्तै सुन्दर बनाउन भनिरहेका छन् । 

चिकित्सकहरूका अनुसार, यस्ता किसिमका सफ्टवेयरले मानिसको मानसिक स्थितिमा नकारात्मक प्रभाव पारिरहेको छ । यसलाई बडी डिसमोर्फिक डिसअर्डर भनिएको छ । 

यो रोग लागेपछि मानिस एडिट गरिएको तस्वीर हेरेर आफूमा दोष र कमी खोज्न थाल्छन् र अनि फिल्टर गरिएको फोटो हेरेर त्यस्तै बन्ने जिद्दी गर्न थाल्छन् । 

मानिसहरू यी एपबाट बनाइएका तस्वीर हेर्दै प्लास्टिक सर्जरी गराउन थालेका छन् । यस्तो केस आउन थालेपछि चिकित्सकहरूले पैसाको लोभ नगरिकन रोगीलाई मानसिक विकारग्रस्त भन्दै केस लिन मानेका छैनन् । सेल्फी जस्तो
सुन्दर देखिन चाहने केही मानिस त डिप्रेसनको शिकार भइसकेको बताइन्छ । 

यसलाई मानसिक रोग नै घोषणा गरिनुपर्ने र यससम्बन्धी सचेतता फैलाइनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x