×

NMB BANK
NIC ASIA

न्युजील्यान्डकी मन्त्री गर्भवती अवस्थामा साइकल चलाएर पुगिन् अस्पताल

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – न्युजील्यान्डकी यातायात राज्यमन्त्री जुली जेन्टर पहिलो सन्तान जन्माउनका लागि आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् । 

ग्रीन पार्टीकी जेन्टर ४२ हप्ताकी गर्भवती छिन् । कारमा धेरै मानिसका लागि ठाउँ नभएकाले साइकल चढेर जाने निर्णय लिएको उनले बताइन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै ‘आइतवारको सुन्दर बिहान’ लेखिन् । 

यसै वर्षको जुन महिनामा प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बच्ची जन्माएकी थिइन् । अनि यातायात राज्यमन्त्रीले पनि आर्डर्नले जस्तै बच्चा जन्माउनका लागि अकल्यान्ड सिटी अस्पताल छानिन् । 

जेन्टर साइक्लिङप्रेमका लागि चिनिन्छिन् । 

उनका अनुसार, आफूले अघिल्ला हप्ताहरूमा विद्युतीय साइकल चलाउनुपर्ने रहेछ जसले गर्दा बच्चा जन्माउन सजिलो होस् । 

अमेरिकामा जन्मेकी जेन्टर बच्चा जन्माएपछि प्रसूती बिदामा बस्ने भएकी छन् । 

न्युजील्यान्डमा सन् १९७० मा पहिलोपटक एक महिला सांसदले कार्यकालकै बेलामा बच्चा जन्माएकी थिइन् । सन् १९८३ मा अन्य एक महिला नेता कामका बेलामा बच्चालाई स्तनपान गराएर मिडियामा छाएकी थिइन् । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x