×

NMB BANK
NIC ASIA

अस्ट्रेलियामा भयानक खडेरी परेपछि एमु चराहरू पानीको खोजीमा पसे शहर

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित एक शहरमा ठूलो संख्यामा एमु चराहरू भेला भएका छन् । भयानक खडेरी आएपछि चराहरू खाना र पानीको खोजीमा शहर पसेका हुन् । 

उड्न नसक्ने यी चराहरू ब्रोकन हिल नामक स्थानमा खाना र पानीको जोहो गर्न संघर्ष गरिरहेको स्थानीय जनावर उद्धार सेवाले जनाएको छ । 

‘उनीहरू हाम्रो मुख्य सडकमा हिँडिरहेका छन् । उनीहरू भीड नै छ,’ वन्यजन्तु संरक्षण कर्मचारी एम्मा सिंगलटनले बताएकी छन् ।

यसै सन्दर्भमा अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले खडेरीपीडित किसानका लागि अतिरिक्त सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

सिड्नीभन्दा ९३५ किलोमिटर पर रहेको ब्रोकन हिलमा एमु चराको समूह ‘मूल सडकमा कुदेको, बगैंचामा पसेर खाएको र फूटबल म्याचहरूमा घुसेको एबीसी न्युजले प्रसारण गरेको छ । 

अस्ट्रेलियाका रैथाने जनावरहरूको उद्धार तथा पुनर्वास संस्थामा काम गर्ने सिंगलटनले भनिन्, ‘खेलकुद हुने मैदानमा १४ वटा एमु चरा थिए । उनीहरू त्यहाँ हप्तौंदेखि थिए । त्यस क्षेत्रका स्थानीयहरूले उनीहरूलाई खाना र पानी
दिइरहेका छन् ।’

रोयटर्स समाचार संस्थाका अनुसार, विगत एक हप्तामा पाँचवटा एमुलाई कारले हिर्काएको छ । तर कुकुरले उनीहरूलाई आक्रमण गर्ने चिन्ता प्रबल रहेको उनी बताउँछिन् ।

बीबीसीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x