×

NMB BANK
NIC ASIA

कोरियाली युद्धपछि छुट्टिएका परिवारको पुनर्मिलन गराइने

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका बेलामा छुट्टिएका दक्षिण कोरियालीहरू आफ्ना नातेदार भेट्नका लागि उत्तर कोरिया जानेछन् । 

युद्धपछि कोरियाली प्रायद्वीप दुई देशमा विभाजन भएको थियो अनि उत्तरी भागमा रहेका मानिसले उक्त ठाउँ छोड्न पाएका थिएनन् । 

दुई कोरिया अहिले पनि प्राविधिक रूपमा युद्धमै छन् र उनीहरू यसअघि पनि पुनर्मिलन कार्यक्रम चलाउँदै आएका छन् । तर यो पुनर्मिलन तीन वर्षमा पहिलोपटक भएको हो । 

दक्षिण कोरियालीहरू लटरीबाट छानिएका थिए र तीमध्ये सबैभन्दा वृद्ध व्यक्ति १०१ वर्षका छन् । 

आफूले भेट्न चाहेका नातेदारको मृत्यु भइसकेको थाहा पाएपछि कतिपय दक्षिण कोरियालीहरू उत्तर गएनन् ।

पुनर्मिलन समारोहमा ८३ उत्तर कोरियाली र ८९ दक्षिण कोरियालीहरू छन् । 

बयान्नब्बे वर्षीया एक महिलाले युद्ध अन्त्य भएपछि पहिलोपटक छोरालाई भेट्न लागेको पत्रकारहरूलाई बताइन् । 

ली केउम–सियोम नामक ती महिला आफ्नो चार वर्षीय छोराबाट छुट्टिएकी थिइन् । भाग्ने क्रममा उनी पतिसँग पनि छुट्टिएकी थिइन् । 

कोरियाली युद्धले लाखौं मानिसलाई परिवारबाट छुट्ट्याइदिएको थियो ।

दक्षिण कोरियालीहरू बस चढेर माउन्ट कुमगाङ टुरिस्ट रिजोर्ट पुग्नेछन् । त्यो सीमाक्षेत्रमा गार्डहरूको बाक्लो पहरा रहन्छ । 

दक्षिण कोरियालीहरू उत्तरमा तीन दिन बिताउनेछन् तर उनीहरू नातेदारसँग दिनका केही घन्टा मात्र बस्न पाउनेछन् । तीन दिनमा ११ घन्टा मात्र उनीहरू नातेदारसँग बस्न पाउनेछन् । उनीहरूमध्ये धेरैलाई कठोर निगरानीमा राखिनेछ । 

उत्तरका गरीब नातेदारलाई दिनका लागि धेरैले आफूसँग कपडा, औषधि र खानेकुरा लगायतका उपहार ल्याउनेछन् । 

रेडक्रसले आयोजना गरेको यो कार्यक्रम गत अप्रिल महिनामा उत्तर कोरियाका नेता किम जोङ–उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनको सीमाक्षेत्रमा ऐतिहासिक वार्तापछि सम्भव भएको हो ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x