×

NMB BANK
NIC ASIA

सरकारप्रति सांसद नै असन्तुष्ट : बाढीपीडितले राहत नपाएको गुनासो

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रियसभाको सोमवारको बैठकमा सांसदहरूले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Muktinath Bank

सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरूले आरोप लगाए । सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिवार बाजुरा जिल्लामा गएको पहिरोमा परी १ जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौं नागरिक विस्थापित भएपनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद सिंहबहादुर विश्वकर्माले वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परिरहेको बताए । उनले अरनिको राजमार्गसम्म पानीको सतह बढेर ठूलो धनजनको क्षति हुने खतरा देखिएको भन्दै बगेको पुलको सट्टामा शीघ्र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बेलीब्रिज राख्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

सांसद रमेशजङ्ग रायमाझीले तराई–मधेशका किसानले खेतीपातीको समयमा कृषि मल नपाउँदा ठूलो मर्कामा परिरहेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा चिकित्सक तथा पत्रकारको असन्तुष्टि रहेकाले उनीहरूको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।

Vianet communication
Laxmi Bank

सांसद बिन्दादेवी आले रानाले आउँदो भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलन राष्ट्रियसभा गृहमा नगरी सरकारले अन्यत्रै गर्न लागेको सूचना प्राप्त भएको भन्दै त्यसबाट सरकारको ठूलो आर्थिक नोक्सानी हुनेतर्फ सचेत गराए । उनले सम्मेलनमा नेपालको बढ्दो वैदेशिक घाटा र नेपाली वस्तुको भन्सार छुटको विषयलाई प्राथमिकताका साथ राख्न पनि सरकारसँग माग गरे ।

सांसद खेमराज नेपालीले गत साउन २९ गते मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित जाँते माविको पिउने पानीमा विषादी हाल्ने दोषीको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद् रहेको बताए । उनले सो घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्न पनि सरकारसँग माग राखे । 

सांसद नेपालीले यातायात व्यवसायीको एकाधिकार अन्त्य भएको भनिएतापनि जनताले महसुस गर्न नसकेको उल्लेख गरे । सांसद युटोल तामाङले गत बैशाख ३० गते मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गरे ।

यसैबीच, राष्ट्रियसभाको सोमवारको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको सोमवारको बैठकको अन्त्यमा भने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x